Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेपाल शिक्षक महासंघ खोटेहाङ गाउँपालिकाका अध्यक्ष सन्तोष ढकालको निधन

    नेपाल शिक्षक महासंघ खोटेहाङ गाउँपालिकाका अध्यक्ष सन्तोष ढकालको निधन


    • बुधवार, आषाढ १० २०७७

    • नेपाल वाइड


    नेपाल शिक्षक महासंघ खोटेहाङ गाउँपालिकाका अध्यक्ष सन्तोष ढकालको निधन

         नेपाल शिक्षक महासंघ खोटेहाङ गाउँपालिकाका अध्यक्ष सन्तोष ढकालको निधन भएको छ । बुधबार विहान बाथरुममा नुहाउनेक्रममा अचानक बेहोस बनेका ढकालको करिव १० बजे निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

         खोटेहाङ गाउँपालिकाका–७ खोटाङबजार घर भएका ढकाल लामो समयदेखी उच्च रक्तचापको औषधि सेवन गर्दै आएका थिए । उनको उच्च रक्तचाप कै निधन भएको हुन सक्ने अनुमान गरिएको छ । अध्यक्ष ढकाल खोटेहाङ गाउँपालिकास्थित भगवती दिनानाथ माविमा सह–प्रधानाध्यापकको रुपमा कार्यरत रहेका थिए ।

         ढकालको निधनले विद्यालयले एक कुशल शिक्षक गुमाएको विद्यालयका प्रधानाध्यापक कुमार पराजुली भनाई छ । ४१ वर्षिय ढकाल २०५९ सालबाट शिक्षण पेशामा आबद्ध रहेका थिए । तत्कालिन चिसापानी उच्च माविमा ४ वर्ष अध्यापन गराएका ढकालले २०६२ सालबाट लक्ष्मी मावि काहुले र २०७१ साल साउन २१ गतेबाट भगवती दिनानाथ मावि खोटाङबजारमा अध्यापन गराउदै आउनुभएको थियो ।

        नेपाली विषयमा एम.ए, एम, एड र पछिल्लो समय कानुन सम्बन्धी अध्ययन गर्दै आएका ढकाल साहित्य क्षेत्रमा समेत कलम चलाउदै आएका थिए । बहुमुखी प्रतिभाका धनी ढकालको निधनप्रति आफन्त तथा शुभेच्छुकहरुले शोक व्यक्त गरिरहेका छन ।

        यसैबीच नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङका जिल्ला अध्यक्ष मनकाजी राईले ढकालको निधन प्रति दुख व्यक्त गरेका छन । ‘सन्तोषको यो असामयिक निधनले हामी, हाम्रो संगठन तथा सिंगो खोटाङ्गको शिक्षक आन्दोलनलाई अपुरणीय क्षेती पुग्न गएको छ ।’ अध्यक्ष राईले सामाजीक सञ्जालमार्फत उल्लेख गरेका छन । ढकाल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सदस्य हुदै हाल नेपाल शिक्षक महासंघ खोटेहाङ गाउँपालिकाको अध्यक्षको जिम्मेवारी संहाल्दै आउनुभएको थियो ।

    सम्बन्धित समाचार