बुधवार, आषाढ १० २०७७
नेपाल वाइड
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ५१ करोड ४२ लाख ८ हजार ७४ रुपैयाँ ८ पैसा बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र कोरोना भाइरस(कोभिड–१९) नियन्त्रणलाई विशेष प्राथमिकता दिदै बजेट बिनियोजन गरेको हो । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सातौं गाँउसभाले आर्थिक विकासतर्फ ५ करोड २९ लाख ७३ हजार ७ सय ६४ पूर्वाधारतर्फ १० करोड ६ लाख ९४ हजार ३ सय १०, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ६ करोड ९२ लाख ३२ हजार र सामाजिक विकासतर्फ २९ करोड १२ लाख ८ हजार बजेट बिनियोजन गरेको छ ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, क्रिषि र कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणलाई विशेष प्राथमिकता दिएको छ । बुधबार सम्पन्न गाउँसभाले आयतर्फ संघीय सरकारवाट प्राप्त वितीय समानीकरण अनुदान रु ९ करोड २३ लाख, संघीय सरकार सर्शत अनुदान २१ करोड ३६ लाख, संघीय सरकार विशेष अनुदान ५० लाख, संघीय सरकार समपुरक अनुदान १ करोड ४० लाख, संघीय सरकार राजश्व वाँडफाँड ७ करोड ६ लाख ७६ हजार ३ सय १०, प्रदेश सरकार वितीय समानीकरण ६९ लाख ८८ हजार, प्रदेश सरकार सवारी साधन कर ४० लाख ६४ हजार, प्रदेश सरकार समपुरक अनुदान १ करोड, प्रदेश सरकार सर्शत अनुदान १ लाख, साना सिंचाई कार्यक्रम २ करोड ५९ लाख ७९ हजार ७ सय ६४ रुपैया ८ पैसा रकम विनियोजन गरेको छ ।
यस्तै, आन्तरिक राजश्व १५ लाख ,आन्तरिक प्रशासन सुधारवाट ५० लाख तथा सामाजिक सुरक्षा भत्तावापत ६ करोड ५० लाख समेत जम्मा ५१ करोड ४२ लाख ८ हजार ७४ रुपैया ८ पैसाको कुल वजेटमा सर्शत अनुदान रु. २१ करोड ३६ लाख, विशेष अनुदान ५० लाख, समपुरक १ करोड ४० लाख, प्रदेश सरकार समपुरक अनुदान रु १ करोड, प्रदेश सरकार सर्शत अनुदान रु १ लाख, साना सिंचाईको २ करोड ५९ लाख ७९ हजार ७ सय ६४ रुपैया ८ पैसा तथा समाजिक सुरक्षा भत्ताको रु ६ करोड ५० लाख प्रस्तुत भएको छ ।
संम्बन्धित तोकिएको कार्यक्रममा नै खर्च हुने हुँदा उल्लेखित वजेट रु ३३ करोड ३६ लाख ७९ हजार ७ सय ६४ चौसट्ठी रुपैया ८ पैसाको लागि कुनै कार्यक्रम तय गर्नु परेन सर्शत तर्फ विनियोजनको प्रतिशतलाई तुलनात्मक विश्लेषण गर्दा आर्थिक विकास तर्फ ४.२८ प्रतिशत, भौतिक पूर्वाधार तर्फ १.८१ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ ४.११ प्रतिशत तथा सामाजिक विकास तर्फ ८९.८०प्रतिशत लगानी गरिएको छ ।
गाउँपालिकाको कार्यालयमा भएको सभामा गाउँपालिकाकी उपाध्यक्ष सपना राईद्धारा प्रस्तुत बजेटमा गाउँपालिकालाई प्राप्त भएको ५१ करोड ४२ लाख ८ हजार ७४ रुपैया ८ पैसा मध्ये ३३ करोड ३६ लाख ७९ हजार ७ सय ६४ रुपैयाँ ८ पैसा कटाई वाँकी हुन आएको रकम रु १८ करोड ५लाख २८ हजार ३ सय १० दश मात्र विनियोजन गरिएको छ ।
विनियोजन योग्य उक्त रकम १८ करोड ५ लाख २८ हजार ३ सय १० रुपैया स्थानीय संचित कोष व्यवस्थापन प्रणालीमा विनियोजन गर्ने क्रममा आर्थिक विकास तर्फका कार्यक्रमहरुको लागि रु १ करोड ७८ लाख ६४ हजार, पूर्वाधार विकास तर्फ ६ करोड ७८ लाख २३ हजार ३ सय १० दश , शुसासन तथा अन्तर संम्बन्धित क्षेत्र तर्फ ६ करोड ४५ लाख र सामाजिक विकास तर्फ ३ करोड ४३ लाख ९० हजार विनियोजन गर्ने प्रस्ताव गरिएको छ ।
उक्त रकमको प्रतिशतमा निकाल्दा आर्थिक विकासमा १० प्रतिशत पूर्वाधार विकासमा ३८ प्रतिशत शुसासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ३३ प्रतिशत र सामाजिक विकास क्षेत्रमा १९ प्रतिशत हुन आउछ ।
यसरी विनियोजित गरेको समानीकरणको वजेट मध्ये वजेट खर्चका तोकिएका अनिवार्य दायित्वमा परेका मुख्य कार्यक्रमहरु गाउँपालिकाका गौरवका योजनाहरु साप्सु खोला मोटरेवल पूलको लागि रु २ करोड, प्रशासनिक भवन निर्माणको लागि १ करोड ५० लाख, रमाइलो देखि पंचमी हुँदै गाउँपालिका कार्यालय सम्मको सडकमा ग्राभेल गर्न रु ६० लाख, रेग्मीटार पञ्चमी सडक ग्रावेल गर्न रु ४० लाख, धिप्लुङ झरना पर्यटकीय विकास कार्यक्रमको लागि रु ३० लाख, राम्चे भ्यूटावर निर्माणको लागि रु ३० लाख, समपुरक अनुदान पूर्ति गर्नको लागि ५० लाख तथा चालु प्रशासनीक खर्चको लागि ५ करोड ६० लाख र प्रकोप व्यवस्थापन कोषको लागि ४० लाख, साना सिंचाई कार्यक्रमको लागि ५१ लाख ९५ हजार ९ सय ५२ रुपैया ८२ पैसा विनियोजन गरी वाँकी हुन आएको रकम विनियोजन अनुसुचीमा उल्लेखित हुनेछ ।
यसै गरी आर्थिक वर्ष २०७६÷०७७ मा सञ्चालित साप्सु खोला मोटरेवल पुलको लागि विनियोजित रकम रु .२ करोडवाट उक्त पुल निर्माण कार्यक्रमलाई वहु वर्षिय योजना वनाई आ.व. ०७६÷०७७ मा विनियोजित रकम रु २ करोड सोही योजनामा खर्च गर्ने गरी प्रस्ताव ल्याइएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको (बजेट वक्तव्य)


