बिहिवार, आषाढ ११ २०७७
नेपाल वाइड
खोटाङका पत्रकार केदार मगर पुरस्कृत हुनुभएको छ । साकेला गाउँपालिकाले स्थापना गरेको ‘समृद्ध साकेला विकास पत्रकारिता पुरस्कार २०७७’ बाट पत्रकार मगर पुरस्कृत भएका हुन ।
गाउँपालिकाको समृद्धिमा पत्रकारिताको माध्यमबाट निर्बाह गरेको महत्वपूर्ण कार्यको सम्मान गर्दै पालिकाले नगदसहित पुरस्कृत गरेको हो । साकेला गाँउपालिकाको नवौँ गाउँसभा उद्घाटन कार्यक्रमका अबशरमा पालिका प्रमुख अर्जुनकुमार खडका झङ्कार, उप–प्रमुख सरिता खड्का र प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले पत्रकार मगरलाई सम्मानपत्रसहित नगद रु दश हजार १ सय राशीको पुरस्कार प्रदान गरेका हुन । पत्रकार मगर राष्ट्रिय समाचार समिति (रासस) एवम् नयाँ पत्रिका दैनिकका खोटाङ सम्वाददाता हुन ।
पत्रकार मगर नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश सभाषद् तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय सदस्यको समेत जिम्मेवारी संहाल्दै आउनुभएको छ । तत्कालीन जिल्ला विकास समिति खोटाङले प्रदान गरेको ‘सर्वोउत्कृष्ठ विकास पत्रकारिता पुरस्कार २०७२’ बाट सम्मानित पत्रकार मगरले अन्य विभिन्न विद्याका पुरस्कार समेत प्राप्त गरिसकेका छन ।