Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ५२ करोड बढी प्रस्तावित बजेट प्रस्तुत

    हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ५२ करोड बढी प्रस्तावित बजेट प्रस्तुत


    • बिहिवार, आषाढ ११ २०७७

    • नेपाल वाइड


    हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ५२ करोड बढी प्रस्तावित बजेट प्रस्तुत

    खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ५२ करोड बढी प्रस्तावित बजेट प्रस्तुत गरिएको छ । नगर उपप्रमुख बिमला राईले बुधबार सम्पन्न नगरसभामा ५२ करोड ७८ लाख १४ हजार ६ सय ५२ रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।

    नगर उप–प्रमुख बिमला राईले प्रस्तुत गर्नुभएको बजेट अनुसार वडाको बजेटबाहेक नगरपालिकाबाट सञ्चालन हुने विभिन्न कार्यक्रमका लागि ६ करोड ३५ लाख, किराँत भाषा संस्कृति संरक्षणका लागि ४२ लाख रकम प्रस्ताब गरिएको छ ।

    यस्तै, महिला तथा बालबालिकाका लागि ५० लाख, स्वास्थ्यका लागि २० लाख, शिक्षाका लागि ४० लाख बजेट विनियोजन गरिएको छ । यस्तै, वडागत तहमा बाहुनीडाँडा, डिकुवा, च्यास्मिटार, वडहरे, मंगलटार, सल्ले, अर्खौलेका लागि प्रतिवडा ३६ लाखका दरले बजेट विनियोजन गरिएको छ भने दुर्छिम, महादेवस्थान, धितुङ र राजापानीलाई प्रतिवडा ३७ लाखका दरले बजेट विनियोजन गरिएको छ ।

    सम्बन्धित समाचार