Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङका थप एक जना पुरुषमा कोराना भाईरस संक्रमणको पुष्टि

    खोटाङका थप एक जना पुरुषमा कोराना भाईरस संक्रमणको पुष्टि


    • बिहिवार, आषाढ ११ २०७७

    • नेपाल वाइड


    खोटाङका थप एक जना पुरुषमा कोराना भाईरस संक्रमणको पुष्टि

           खोटाङका थप एक जना पुरुषमा कोराना भाईरस संक्रमणको पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणकाक्रमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत खोटाङ जिल्लाका एक पुरुषमा संक्रमणको पुष्टि भएको जानकारी दिएका हुन ।

     

    काम वा जागिरको शिलशिलामा ति पुरुष कर्णाली प्रदेशमा रहेको र कोरोना संक्रमित भएको हुन सक्ने जिल्ला अस्पताल खोटाङले जनाएको छ । कोरोना संक्रमित पुरुषको ठेगाना पहिचान गर्ने काम भइरहेको बताइएको छ ।

    यसअघि हलेसी तुवाचुङ नगरपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । चारै जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । खोटाङको हलेसीका ४ जना कोरोना भाईरसमूक्त भएसँगै जिल्ला कोरोनामुक्त भएको थियो ।

     

    नेपालमा विहीबार थप ४ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विहीबार थप भएका ४ सय ३४ जनामा खोटाङ जिल्लाका ति पुरुष समेत संक्रमति भएको पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।

    सम्बन्धित समाचार