Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङका दश वटै स्थानीय तहको बजेट प्रस्तुत

    खोटाङका दश वटै स्थानीय तहको बजेट प्रस्तुत


    • बिहिवार, आषाढ ११ २०७७

    • नेपाल वाइड


    खोटाङका दश वटै स्थानीय तहको बजेट प्रस्तुत

             खोटाङका सबै स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले आ–आफ्नै प्रकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

            दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ७६ करोड ९० लाख २७ हजार बराबरको वजेट ल्याएको छ ।

           हलेसी तुवाचुङ नगरपालिकाले ५२ करोड ७८ लाख १४ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । यस्तै, साकेला गाउँपालिकाले ३० करोड ७७ लाख ४४ हजार, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ५१ करोड ४२ लाख ७ हजार, जन्तेढुंगा गाउँपालिकाले ३३ करोड ३० लाख २७ हजार र ऐसेलुखर्क गाउँपालिकाले ४० करोड ८४ लाख ५२ हजार बराबरको बजेट पेश गरेको हो ।


          बराहपोखरी गाउँपालिकाले २८ करोड ३५ लाख ६९ हजार, केपीलासगढी गाउँपालिकाले ३३ करोड ८५ लाख ३४ हजार, रावाबेँसी गाउँपालिकाले २९ करोड ७७ लाख ९५ हजार र खोटेहाङ गाउँपालिकाले ४८ करोड १८ लाख ४९ हजार बजेट ल्याएको छ ।


          नौ स्थानीय तहले बुधबार तथा खोटेहाङ गाउँपालिकाले बिहिबार नीति, कार्यक्रम तथा बजेट ल्याएको हो । भगवती दिनानाथ माबिका सहायक प्रअ एबमं नेपाल शिक्षक महासंघ खोटेहाङ गाउँपालिकाका अध्यक्ष सन्तोष ढकालको निधन भएपछि खोटेहाङ गाउँपालिकाले गाउँसभा एक दिनपछि सारेको हो ।

    सम्बन्धित समाचार