Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    फ्रान्समा रहेको विश्कै चर्चित आईफल टावर पुनः खुल्यो

    फ्रान्समा रहेको विश्कै चर्चित आईफल टावर पुनः खुल्यो


    • बिहिवार, आषाढ ११ २०७७

    • नेपाल वाइड


    फ्रान्समा रहेको विश्कै चर्चित आईफल टावर पुनः खुल्यो

         फ्रान्समा दोस्रो विश्वयुद्धपछि सर्वाधिक समय बन्द भएको आईफल टावर फेरि खुलेको छ । कोरोनाभाइरस लकडाउनका कारण उक्त विश्वप्रसिद्ध स्थान तीन महिनाभन्दा अघि बन्द गरिएको थियो । अहिले प्यारिसस्थित उक्त स्थान सीमित रूपमा सञ्चालनमा ल्याइएको छ ।

        त्यहाँ सीमित संख्यामा मात्र आगन्तुकलाई प्रवेश दिइनेछ भने ११ वर्षमाथिका सबैले अनिवार्य रूपमा मास्क लगाउनु नियम बनाईएको छ । दोस्रो तलाभन्दा माथि कर्मचारीबाहेक अरूले प्रवेश नपाउने व्यवस्था गरिएको छ ।

        जुलाई १ सम्म लिफ्ट नचलाइने भएकाले सबैले सिँढी प्रयोग गर्नुपर्नेछ । सन् १८८९ मा निर्माण सम्पन्न भएको उक्त टावरमा प्रत्येक वर्ष ७० लाखभन्दा बढी मानिस जान्छन । तीमध्ये तीनचौथाइ व्यक्ति विदेश पर्यटक हुने आईफल टावरको आधिकारिक वेबसाइटमा उल्लेख छ ।

        फ्रान्स कोरोनाभाइरस महामारीबाट सर्वाधिक प्रभावित देशमध्ये एघारौँ स्थानमा छ । फ्रान्समा जुन १५ मा राष्ट्रपतिले कोरोनाभाइरस लकडाउनका बेला लगाइएका केही प्रतिबन्धहरू खुकुलो बनाउने घोषणा गरेका थिए ।

        अहिले त्यहाँ क्याफे र रेस्टुराँहरू खुलेका छन् भने युरोपभित्र यात्रा गर्न पाइन्छ । फ्रान्समा अहिलेसम्म झन्डै दुई लाख जानमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। । तीमध्ये २९ हजार ७०० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको तथ्याङ्क जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको वीवीसीले उल्लेख गरेको छ ।

     

    सम्बन्धित समाचार