Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेकपा विप्लव समुहको सुनसरी जिल्ला ईञ्चार्ज रोशन राई पक्राउ

    नेकपा विप्लव समुहको सुनसरी जिल्ला ईञ्चार्ज रोशन राई पक्राउ


    • बिहिवार, आषाढ ११ २०७७

    • नेपाल वाइड


    नेकपा विप्लव समुहको सुनसरी जिल्ला ईञ्चार्ज रोशन राई पक्राउ

        नेकपा विप्लव समुहको सुनसरी जिल्ला ईञ्चार्ज पक्राउ परेका छन । धनकुटा शहिदभुमी गाउँपालिका ६ का २७ बर्षीय रोशन राई गएराती पक्राउ धरानमा पक्राउ परेका हुन । विशेष सुराकीको आधारमा १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

        राईको साथबाट मोटरसाइकलको सिट मुनी प्लाष्टिक भित्र लुकाएको अवस्थामा हतियार र गोलीसमेत वरामद गरिएको प्रहरीले जनाएको छ । प्रक्राउ परेका राईको साथबाट मेडईन युएसए अटोमेटिक लेखिएको १ थान त्यसमा लाग्ने एक थान म्याग्जीन र पेस्तोलमा लोड गरिएको ३ राउण्ड गोलीका साथै, २ थान मोवाइल र ६ थान सिम पनि वरामद भएको डिएसपी बस्नेत बताए ।

        पक्राउ परेका राईलाई हातहतियार खरखजना मुद्दामा कारबाहीका लागि अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने डिएसपी बस्नेतले जानकारी दिएका छन् ।

    सम्बन्धित समाचार