Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोनाभाइरस संक्रमण भइसकेको हुनसक्ने अनुमान

    अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोनाभाइरस संक्रमण भइसकेको हुनसक्ने अनुमान


    • शुक्रवार, आषाढ १२ २०७७

    • नेपाल वाइड


    अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोनाभाइरस संक्रमण भइसकेको हुनसक्ने अनुमान

          अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोनाभाइरस संक्रमण भइसकेको हुनसक्ने अनुमान गरेका छन । सेन्टर्स फर डिजिजेज् कन्ट्रोल (सीडीसी)ले संक्रमितको वास्तविक संख्या अहिले पुष्टि भएका संक्रणभन्दा १० गुणा बढी हुनसक्ने स्वास्थ्य अधिकारीहरूले जनाएका छन ।

         संक्रमित र अस्पताल भर्ना हुनेहरूको संख्या बढेपछि टेक्सस राज्यले पूर्ण रूपमा खुला गर्ने आफ्नो योजनालाई स्थगित गरेकै बेला यस्तो कुरा बाहिर आएको हो । अमेरिकामा संसारकै सबैभन्दा बढी २४ लाख जनामा संक्रमण देखिएको छ ।

         त्यहाँ हालसम्म एक लाख २२ हजार ३ सय ७० जनाको ज्यान गइसकेको छ । केही दिनदेखि केही दक्षिणी र पश्चिमी राज्यहरूले सर्वाधिक संक्रमण भएको विवरण सार्वजनिक गरिरहेका छन । वाशिङ्गटन विश्वविद्यालयले आगामी अक्टोबर महिनासम्ममा १ लाख ८० हजारको मृत्यु हुने अनुमान गरेको छ ।

         तर ९५ प्रतिशत अमेरिकीहरूले मास्क लगाए त्यो सङ्ख्या १ लाख ४६ हजार मात्र हुने उसको भनाइ छ । ‘अहिलेका लागि हाम्रो सबैभन्दा उत्कृष्ट अनुमान भनेको जति संक्रमणहरू थाहा भएका छन् वास्तवमा ती हरेक संक्रमणमा अन्य १० संक्रमण छन्,’ सीडीसीका निर्देशक डा. रोबर्ट रेडफिल्डले संवाददाताहरूलाई भने ।

        त्यसको कारण लक्षण देखिएकाहरूमा मात्र परीक्षण हुनु र अन्यमा नहुनु भएको उनले बताए । उनले भने, “हामीले अपनाएको विधिका आधारमा मार्च, एप्रिल र मे महिनामा हामीले सम्भवतस् महामारीको १० प्रतिशत मात्र पहिचान गर्न सक्यौँ होला ।’ उनले पाँचदेखि आठ प्रतिशतसम्म जनसङ्ख्या भाइरसको सम्पर्कमा आइसकेको भन्दै अमेरिकीहरूलाई सामाजिक दूरी कामय गर्न, मास्क लगाउन र हात धुन आग्रह समेत गरेको वीवीसीले उल्लेख गरेको छ ।

     

    सम्बन्धित समाचार