Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आन्तरिक मूल्याँकनलाई आधार बनाई एसइई नतिजा प्रकाशन गर्न कार्यविधि जारी

    आन्तरिक मूल्याँकनलाई आधार बनाई एसइई नतिजा प्रकाशन गर्न कार्यविधि जारी


    • शुक्रवार, आषाढ १२ २०७७

    • नेपाल वाइड


    आन्तरिक मूल्याँकनलाई आधार बनाई एसइई नतिजा प्रकाशन गर्न कार्यविधि जारी
    परिक्षा बोर्ड

               कोरोना महामारीका कारण स्थगित भएको माध्यामिक शिक्षा परीक्षा कक्षा १० (इसइई) मूल्याँकन गर्न विद्यालयले लिएको आन्तरिक परीक्षालाई नै आधार बनाए नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को विद्यार्थी मूल्याँकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि ,२०७७ जारी गरेको छ ।

             कार्यविधि जारी भएसँगै २०७६ सालमा एसइई दिन सहभागिता जनाएका ४ लाख ८२ हजार विद्यार्थीको मूल्याँकको बाटो सहज भएको छ । बोर्डले मंगलबार पास गरेको कार्यविधि अनुसार एसइईको मूल्याँकनको जिम्मेवारी स्कुललाई दिएको नगरिक दैनिकले उल्लेख गरेको छ ।कार्यविधिको परिच्छेद दुईको ब्यवस्थामा विद्यालयद्धारा गरिएको अन्तिम मूल्यांकन विवरणको अभिलेख अनुसार विववरण प्रमाणित गर्न सम्बन्धित विद्यालयको प्रधानाध्यापकको अध्यक्षतामा एक मूल्यांकन समिति गठन गर्नु पर्ने छ ।

            विद्यार्थीको निर्णायक मूल्याँकन गर्दा समितिले स्कुलहरुले संचालन गरेको पहिलो त्रैमासिक, दोस्रो त्रैमासिक र अन्तिम परीक्षाको मूल्याँकनको अंकभारलाई जोडेर मूल्याँकन विवरण तयार पर्नु पर्ने ब्यवस्था गरिएको छ । स्कुलहरुले पहिलो त्रैमासिक परीक्षा अवधिभरमा पठनपाठन भएका विषय बस्तुबाट कुल पुर्णाकको १० प्रतिशत (सैद्धान्तिक र प्रयोगात्मक) अंकभार , दोस्रो त्रैमासिक परीक्षाको ३० प्रतिशत र शैक्षिक सत्रको अन्तसम्ममा पठनपाठनका लागि निर्धारित सम्पुर्ण विषय बस्तुबाट ६० प्रतिशत अंक भार जोेड्नु पर्ने ब्यवस्था कार्यविधिको अनुसूची १ ले गरेको छ । मूल्याँकन समितिले तीनवटै परीक्षाको कूल प्राप्तांक जोडेर विद्यार्थीको विषयगत ग्रेड निर्धारण गर्नु पर्ने ब्यवस्था गरिएको छ ।

           कार्यविधि बुधबारदेखि कार्यन्वयनकोलागि सबै जिल्ला विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बताए । प्रधानाध्यापक अध्यक्ष, सम्बन्धित कक्षा शिक्षक सदस्य र सम्बन्धित माध्यमिक तहका सबै भन्दा जेष्ठ शिक्षक गरी तीन सदस्य मूल्याँकन समितिले सैद्धान्तिक मूल्यांकन गर्दा माध्यमिक शिक्षा पाठ्यक्रम अनुसार विद्यालयहरुले लिएका परीक्षाहरुमध्ये अधिकतम पाठ्यक्रम समावेश हुने गरी पछिलो पटक लिइएको परीक्षाको अंकलाई विषयगत पूर्णाक अन्तरगत परिवर्तन गरी विषयगत अन्तिम मूल्याँकनको प्राप्तांंक दिनु ब्यवस्था गरिएको छ ।

           यसैगरी प्रयोगात्मक मूल्याँकन गर्दा विद्यार्थीहरुको प्रयोगात्मक प्राप्तांक चढाउँदा सम्बन्धित विद्यालयहरुले यस अघिनै प्रयोगात्मक परीक्षा संचालन गरी शिक्षा विकास तथा समन्वय इकाईमा पठाएको विवरणमा फरक नपर्ने गरी सोहि अंक चढाउनु पर्ने छ । मूल्याँकन समितिले यसरी मूल्यांकन गर्दा पाठ्यक्रमले तोके अनुसार न्यूतम ७५ प्रतिशत हाजिरी पुगेका विद्यार्थीहरुको मात्र मूल्यांकन वापतको अंक सम्बन्धित जिल्ला शिक्षा तथा समन्वय इकार्यमा पठाउनु पर्ने छ । मूल्याँकन समितिले तीन प्रति समष्टिगत विवरण तयार पर्नु पर्ने छ ।

           यसरी तयार भएको विवरण मूल्याँकन समितिका सबै सदस्यहरुले हस्ताक्षर गरी विद्यालयको छाप समेत लगाई तीन प्रति शिक्षा विकास तथा समन्वय इकाईलाई बुझाउनु पर्ने कार्यविधिमा ब्यवस्था छ । सोहि मध्ये एक प्रति इकाईबाट प्रमाणित गराई प्रधानाध्यापकले विद्यालयमा अभिलेखको रुपमा राख्नु पर्ने छ । भने पनिकाले उपलब्ध गराएको विधुतीय प्रणाली अनुसार विवरण प्रविष्टी गर्नु पर्ने छ । खुला विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको हकमा समेत सम्बन्धित विद्यालयले पाठ्यक्रम अनुसारको प्रकृया अघि बढाउनु पर्ने छ । ‘मूल्याँकन समितिले इकाईमा पेश गर्ने विवरणमा सच्याउन, केरमेट गर्ने र टिपेक्स प्रयोग गर्न पाइने छैन,’ सदस्य सचिव अर्यालले भने‘बोर्डबाट परीक्षाफल प्रकाशन नभएसम्म विद्यालयर इकाईले मूल्यांकन विवरण गोप्य राख्नु पर्ने छ ।’ उनले थपे ‘बोर्डले साउन पहिलो सातासम्म नतिजा प्रकाशन गर्ने लक्ष्य राखेकोले असार मसान्तसम्म मूल्यांकन समिति र इकाईको सबै कार्यसम्पन्न भइसक्नु पर्छ ।

           कक्षा ११ को हकमा समेत बोर्डले स्कुललाईनै परीक्षाको मूल्यांकनको जिम्मेवारी दिने गरी तयारी गरिरहेको छ ।’ शिक्षा विकास तथा समन्वय इकाईले मूल्यांकन समितिबाट प्राप्त प्राप्तांक विवरणको सक्कल प्रति परीक्षा नियन्त्रण कार्यालयमा पठाउँदा विद्यालयको कोड अनुसार क्रमशःमिलाई जिल्ला भित्रका सबै विद्यालयहरुको विवरण असार २० गतेभित्र एक मुष्ट पठाउनु पर्ने , विवरणमा केरमेट गर्न वा टिपेक्स लगाउन नपाइने ब्यवस्था छ ।

            परीक्षा बोर्डले इकाईबाट प्राप्त गरेको प्रमाणित सक्कल विवरणसँग विधुतीय माध्यमबाट पठाइएको विद्यालयगत विवरण रुजु गर्ने र विद्यार्थीको प्राप्तांकलाई अक्षरांकन पद्धति कार्यन्वयन कार्यविधि, २०७२ (संशोधनसहित) अनुसार रुपान्तरण गर्नु पर्ने छ । ‘रुजु भएको अन्तिम विवरण नतिजा प्रकाशनको लागि बोर्ड अध्यक्ष समक्ष सिफारिस गर्नु पर्छ,’ अर्यालले भने‘बोर्डले नतिजा प्रकाशन गरेपछि अभिलेख अद्यावधिक गरी ग्रेडसिट र प्रमाणपत्र विद्यार्थीलाई उपलब्ध गराउने हो ।’ उनले थपे नतिजा प्रकाशन पछि पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनःपरिक्षण गराउने र पुरक ग्रेड बृद्धि परीक्षा सञ्चालन सम्बन्धी कार्य यस वर्ष हुदैन । यो ब्यवस्था ०७६ सालको एइई परीक्षार्थीको लागि मात्र लागु हुन्छ ।’ चैत्र ७ गतेदेखि संचालन हुने तय भएको गत वर्षको एसइई परीक्षा कोभिड १०का बन्दाबन्दीका कारण स्थगित भएको थियो मन्त्रिपरिषदले विद्यार्थीको शैक्षिक सत्रलाई समेत मध्यनजर गर्दै जेठ २८ गते शिक्षा ऐन २०२८ (संशोधनसहितको) दफा४६(१) मा उल्लेखित अनुसार अनुसार कक्षा १० का विद्यार्थीको हकमा सम्बन्धित विद्यालयबाट गरिएको अन्तिम मूल्यांकनका अधारमा प्रमाणपत्र उपलब्ध गराउने भनी सोही ऐनको दफा २०मा उल्लेखित बाधा अड्काउ हटाउने अधिकार अन्तरगत निर्णय गरेको थियो ।

    सम्बन्धित समाचार