Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    सलह किन्ने कृषिविज्ञ राईको घोषणा

    खोटाङमा पनि देखियो सलह किरा

    खोटाङमा पनि देखियो सलह किरा


    • आइतवार, आषाढ १४ २०७७

    • नेपाल वाइड


    खोटाङमा पनि देखियो सलह किरा

           भारतबाट तराई प्रवेश गरेको सलह किरा खोटाङका विभिन्न स्थानमा पनि देखिएको छ । ठूलो समुहमा उँडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा फाट्ट–फुट्ट मात्रामा देखिएको हो ।

          शनिबार बिहान बुटवल आसपासबाट फैलिएको सलह किरा जिल्लामा पनि देखिन थालेपछि किसानमा त्रास फैलिएको छ । वर्षा भइरहेको समयमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको माल्खुमा घरको भित्तामा आएर बसिरहेको अवस्थामा सलह किरा देखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयाे । ‘बालीनालीमा देखिएको छैन, घरको भित्तामा आएर बसेको अवस्थामा २०–२५ वटा सलह फेला परेको छ,’ मेयर राईले भने, ‘ठूलो समुहमा देखिन्न ।

         पानीले रोकेर घरमा ओत लागेको हुन सक्छ ।’ यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको बैंकचोकका एक पशल, सरस्वती माबिको भित्तामा पनि केही सलह किरा फेला परेको छ । बैंकचोकमा भेटिएको सलह किरा स्थानीयले पहिचानका लागि लिएर आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखाका कृषि प्रशार अधिकृत धर्मेन्द्र कलौनीले बताउनुभयाे । ‘झट्ट हेर्दा ठ्याक्कै सलह जस्तै देखिन्छ । हामीले सलह नै ठाने पनि यकिन हुन भने बाँकी छ,’ कृषि प्रशार अधिकृत कलौनीले भने, ‘यसको पहिचानका लागि किट विज्ञान महाशाखा, कृषि मन्त्रालय र प्रदेशमा पठाइएको छ । त्यहाँबाट यसको आधिकारिक पुष्टी हुन्छ ।’ झुण्डमा देखिनुपर्ने सलह एक–दुई वटा मात्र देखिएको विषयमा अध्ययन भइरहेको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।

            कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले पनि दिक्तेलमा छिटफुट सलह किरा फेला परेको जानकारी आए पनि पूष्टी हुन बाँकी रहेको बताउनुभयाे । कतिपयले भने सलह किरालाई संकलन गरेर भुटेर खान वा पन्छीलाई चारोकोरुपमा उपयोग गर्नुपर्ने चर्चा सुरु गरेका छन् ।

         खोटाङका कृषि विज्ञ मदन राईले सलह किरा खरिद गर्ने घोषणा गरेका छन् । सलह किरा नियन्त्रणका लागि भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले एक केजी सलह संकलन गर्नेलाई २० रुपैयाँ दिने निर्णय गरेकैबेला कृषि विज्ञ राईले भने प्रतिकिलो सय रुपैयाँका दरले सलह खरिद गर्ने बताएका छन् । ‘कसैले समाएर ल्याइदिए किलोको सय रुपैयाँले, हजार किलोसम्म ल्याए एक लाख भुक्तानी गरिने छ,’ सोल्मामा शुभद्रा मदन फाउण्डेशन सञ्चालन गरिरहेका राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘माछामासुको सट्टामा सलह भुटेर विद्यार्थीलाई बिभिन्न परिकार बनाएर खुवाउनेछौँ । केही पशुपंछीको दाना बनाउँछौँ । सिद्राको सट्टामा यसको प्रयोग गर्नेछौँ । केही हामीसँग भएको सबैखाले पंछीलाई खुवाउने छौँ ।’

    कृषिविज्ञ राईले सलह किरा नियन्त्रणको नाममा विष किनेर घुस खाने माध्यम नवनाउन र वातावरण बिषालु नवनाउन आग्रह गरेका छन् ।

    सम्बन्धित समाचार