आइतवार, आषाढ १४ २०७७
नेपाल वाइड
खोटाङमा पिसिआर परिक्षण गरेर विदेशबाट आएका नागरिकको पुःन पिसिआर परिक्षण गर्ने तयारी गरिएको छ । बिभिन्न देशबाट पिसिआर परिक्षण गरेर आएको भए पनि उनीहरुको पुःन पिसिआर परिक्षण गर्ने तयारी गरिएको हो ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको १६ औं बैठकले पुःन पिसिआर परिक्षण गरेर नेगेटिभ रिपोर्ट आए मात्र घर पठाउने तथा पोजिटिभ रिपोर्ट आएमा उपचारमा पठाउने निर्णय निर्णय गरेको हो ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलस्थित कवर्डहलमा बनाइएको क्वारेन्टीन पर्याप्त नभएकाले दिक्तेलकै सरस्वती माबिमा थप क्वारेन्टीन बनाउने निर्णय गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताउनुभयो । कवर्डहलमा बढिमा २० बेडको क्वारेन्टीन राखेर अन्य बेडलाई सरस्वती माबिमा सार्ने तयारी गरिएको हो ।
सरस्वती माबिमा क्वारेन्टीन सार्नका लागि प्रअ तथा विद्यालय व्यवस्थापन समितिसँग समन्वय गरिने कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिले जनाएको छ ।