Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    दिक्तेलका २ जना र ऐशेलुखर्कका १ जनामा कोरोना संक्रमित

    खोटाङमा चार जनामा कोरोना पुष्टि

    खोटाङमा चार जनामा कोरोना पुष्टि


    • आइतवार, आषाढ १४ २०७७

    • नेपाल वाइड


    खोटाङमा चार जनामा कोरोना पुष्टि

                 खोटाङका थप चार जनालाई कोरोना संक्रमण भएको पूष्टी भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका १८ वर्ष र ३८ वर्षका पुरुष, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका २५ वर्षीय महिला र ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी ३० वर्षीय महिलालाई कोरोना संक्रमण पूष्टी भएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

             १८ वर्षीय युवा भारतबाट तथा अन्य युवायुवती तेश्रो मुलुकबाट आएका हुन् । विभिन्न स्थानबाट आएपछि क्वारेन्टीनमा राखिएका १५ जनाको स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागि असार १० गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।

          घर जाँदै गरेको अवस्थामा ऐसेलुखर्क गाउँपालिकाकी महिलाको दिक्तेलमा स्वाव संकलन गरेर गाउँ पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले उनीहरुलाई कोरोना संक्रमण भएको पूष्टी भएको आइतबार नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
    यसअघि हलेसी तुवाचुङ नगरपालिकाका चार जना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

    सम्बन्धित समाचार