Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    रेडक्रसले बनाइदियो क्वारेन्टीन

    रेडक्रसले बनाइदियो क्वारेन्टीन


    • सोमवार, आषाढ १५ २०७७

    • नेपाल वाइड


    रेडक्रसले बनाइदियो क्वारेन्टीन

            नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले २० बेडको क्वारेन्टीन बनाइदिएको छ । कोरोना भाइरसको सामना गरिरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रयोग गर्न पाउनेगरी रेडक्रसले दिक्तेलको सरस्वती मविमा क्वारेन्टीन बनाइदिएको हो ।

            आइतबार १० बेडको क्वारेन्टीन बनाइएकामा सोमबार थप १० बेडको क्वारेन्टीन बनाइदिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका मन्त्री छत्रकुमार बजिमयले बताउनुभयो । दिक्तेलकै माटिकोरेस्थित कबर्डहलमा बनाइएको क्वारेन्टीनको केही बेड सरस्वती माविमा सार्ने निर्णय लगत्तै रेडक्रसले क्वारेन्टीन बनाउन सहयोग गरेको हो ।

            रेडक्रसले मेट्रेस, कम्बल, तन्ना, तकिया, सिरानी, बाल्टिन जुटाएर क्वारेन्टीन बनाइदिएको जनाएको छ । रेडक्रसले बनाएको क्वारेन्टीनमा विभिन्न देशबाट आएका ११ जनालाई सोमबारदेखि राखिएको छ ।

    खाद्य सामग्री प्रदान

           रेडक्रसले क्वारेन्टीनमा बस्ने स्थानीयले उपयोग गर्न पाउनेगरी नगरपालिकालाई खाद्य सामग्री प्रदान गरेको छ । १४ दिनलाई पुग्नेगरी ३० केजीको १० बोरा चामल, एक काटुन तेल, पाँच केजी नुन, ५ केजी मुसुरो दाल, ५ केजी कालो दाल प्रदान गरिएको रेडक्रसले जनाएको छ । खाद्य सामग्री रेडक्रसका सभापति कुमारसिं बस्नेतले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपानारायण रिजाल र उपमेयर बिणादेबी राईलाई हस्तान्तरण गरेका छन् ।

    सम्बन्धित समाचार