Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङका तीन कोरोना संक्रमित उपचारमा पठाइए

    खोटाङका तीन कोरोना संक्रमित उपचारमा पठाइए


    • मंगलवार, आषाढ १६ २०७७

    • नेपाल वाइड


               खोटाङका तीन कोरोना संक्रमितलाई उपचारमा पठाइएको छ । कोरोना संक्रमण पुष्टी भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका १८ वर्ष र ३८ वर्षका पुरुष तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका २५ वर्षीय महिलालाई उपचारमा पठाइएको हो ।

             स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमार्फत कोरोना संक्रमण भएको सार्वजनिक गरे लगत्तै उनीहरुलाई रातारात उपचारमा पठाइएको हो । संक्रमित दुई पुरुषलाई पुर्वाञ्चल विश्वविद्यालय मोरङको गोठगाउँस्थित आइसोलेसन उपचार केन्द्रमा र महिलालाई विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो । उनीहरु सोमबार अस्पताल भर्ना भएका छन् ।

           १८ वर्षीय युवा भारतबाट, ३८ वर्षीय पुरुष साउदीअरबबाट र २५ वर्षीय महिला कुबेतबाट घर आएका हुन् । पिसिआर परिक्षण गरेर आएका ३८ वर्षीय पुरुष पाँच दिन मात्र क्वारेन्टीनमा बसेर घर पठाइएकाले उनको अल्छेढुंगास्थित घर आसपासमा सिल गरिएको छ ।

         संक्रमितकी श्रीमती लगायतको पिसिआर परिक्षणको रिपोर्ट नआएसम्मका लागि सो क्षेत्रमा आवतजावत गर्न रोकिएको वडाध्यक्ष हर्क खत्रीले बताए । १८ वर्षीय युवा र २५ वर्षीय महिला भने आउँदा आउँदै क्वारेन्टीनमा राखिएकाले घर सिल गर्नु नपरेको मेयर रिजालले बताउनुभयाे ।


        यस्तै, कोरोना संक्रमण भएकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी ३० वर्षीय महिलालाई पनि उपचारमा पठाउने तयारी भइरहेको छ । संक्रमण भएको पूष्टी भएपछि उनलाई छुट्टै राखेर परिवारका सदस्यको पिसिआर परिक्षणको तयारी भइरहेको ऐसेलुखर्क गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले बताउनुभयाे ।

         विभिन्न स्थानबाट आएपछि क्वारेन्टीनमा राखिएका १५ जनाको स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागि असार १० गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउँदा उनीहरुको रिपोर्ट पोजिटिभ आएको थियो ।
    यसअघि हलेसी तुवाचुङ नगरपालिकाका चार जना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

    सम्बन्धित समाचार