Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोनाभाइरसका खराब अवस्था आउन अझै बाँकी रहेको चेतावनी: (डब्ल्यूएचओ)

    कोरोनाभाइरसका खराब अवस्था आउन अझै बाँकी रहेको चेतावनी: (डब्ल्यूएचओ)


    • मंगलवार, आषाढ १६ २०७७

    • नेपाल वाइड


    कोरोनाभाइरसका खराब अवस्था आउन अझै बाँकी रहेको चेतावनी: (डब्ल्यूएचओ)

               कोरोनाभाइरसको महामारी सुरु भएको छ महिनापछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले खराब अवस्था आउन अझै बाँकी रहेको चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सरकारहरूले सही नीति लागु गर्न नथाल्ने हो भने भाइरसको सङ्क्रमण अझै धेरै मानिसहरूमा देखिने बताए ।

              उनले भने, ‘मेरो सन्देश उही नै हो, परीक्षण, पहिचान, आइसोलेशन र क्वारन्टीन ।’ चीनमा गत वर्ष भाइरस देखा परे यता विश्वभरि एक करोडभन्दा धेरै मानिसमा संक्रमण पुष्टि भएको छ । त्यसबाट ज्यान गुमाउने बिरामीको संख्या पाँच लाख नाघेको छ । विश्वभरि संक्रमित कुल मानिसको आधा संख्या अमेरिका र युरोपमा छ ।

             अमेरिकी देशहरूमा संक्रमण बढ्दो देखिन्छ । कोरोनाभाइरसले दक्षिण एशिया र अफ्रिकालाई पनि प्रभावित तुल्याइरहेको छ, जहाँ जुलाई महिनामा संक्रमण उच्च विन्दुमा पुग्ने ठानिएको छ । डा. टेड्रोसले सोमबार भिडिओ सन्देशमा भनेका छन्, ‘हामी सबैले यो अन्त्य होस् भन्ने चाहन्छौँ । हामी सबै आफ्नो नियमित जीवनमा फर्किन चाहन्छौँ ।

           तर अप्रिय वास्तविकता के हो भने हामी यो अन्त्य हुने अवस्था नजिक पनि पुगेका छैनौँ ।’ उनका भनाइमा कैयौँ देशहरूले त्यसको नियन्त्रणमा राम्रो प्रगति गरे पनि विश्वव्यापी रूपमा महामारी फैलिने गति बढी रहेकै छ ।

            उनले भने, ‘एक करोड संक्रमित र पाँच लाखको मृत्यु हुँदा पनि राष्ट्रिय एकता र विश्वव्यापी ऐक्यवद्धताको अभाव र विभाजित विश्व जस्ता डब्ल्यूएचओले पहिचान गरेका समस्याले वास्तावमा भाइरसको संक्रमण विस्तारमा सहयोग पुर्‍याइरहेका छन्, जसको सम्बोधन नगर्दासम्म खराब अवस्था आउन अझै बाँकी छ ।’ उनले जर्मनी, दक्षिण कोरिया र जापानको उदाहरण दिँदै उनीहरूले चालेका कदम पछ्याउन अन्य सरकारहरूलाई आग्रह गरे ।

            ती देशहरूले व्यापक रूपमा परीक्षण र संक्रमितको पहिचान जस्ता उपाय अपनाएर प्रकोपलाई नियन्त्रणमा राखेका छन । अमेरिकामा संक्रमितको संख्या २६ लाख नजिक पुगेको छ । त्यहाँ एक लाख २६ हजार मानिसले ज्यान गुमाएका छन । पछिल्ला साताहरूमा लकडाउनबाट बाहिर आएका विशेषगरी दक्षिणी अमेरिकी राज्यहरूमा हालैका दिनमा नयाँ सङ्क्रमितको संख्या ह्वात्तै बढेको वीवीसीले उल्लेख गरेको छ ।

          संक्रमणको वृद्धिले टेक्सस, फ्लोरिडा र अन्य राज्यहरूका अधिकारीहरूलाई व्यापार/व्यवसायमा प्रतिबन्धहरू कडाइ गर्न बाध्य तुल्याएको छ । बढी प्रभावित दोस्रो देश ब्रजिलमा १३ लाखजनामा संक्रमण पुष्टि भएको छ । वीवीसीका अनुशार त्यहाँ ५८ हजार जनाले ज्यान गुमाएका छन । महामारी बढेपछि त्यहाँको राजधानी ब्रजिलियामा सोमवार सङटकाल घोषणा गरिएको छ ।

         ब्रजिलका अधिकांश गभर्नर र मेयहरूले जस्तै ब्रजिलियाका स्थानीय अधिकारीहरूले यो महिनाको सुरुमा पसलहरू खोल्न अनुमति दिँदै सामाजिक दूरी राख्नुपर्ने जस्ता नियमहरू खुकुलो बनाएका थिए ।

          पश्चिम युरोपमा सबैभन्दा धेरैको मृत्यु भएको देश ब्रिटेनमा लेस्टर सहरका मेयरले संक्रमणको बृद्धिका कारण पब र रेस्टुराँहरू थप दुई साता बन्द हुने बताएका छन । इङ्गल्यान्डका बाँकी भागमा सप्ताहन्तमा प्रतिबन्ध खुकुलो बनाइँदै छ जसमा पब, रेस्टुराँ, होटल र सलोनहरू खोल्न दिने भनिएको छ ।

    सम्बन्धित समाचार