मंगलवार, आषाढ १६ २०७७
नेपाल वाइड
काठमाडौँ । यूरोपियन यूरोसहित केही देशका मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैँकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६४ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ २४ पैसामा झरेको छ भने यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ६ पैसा तथा बिक्रिदर १ सय ३६ रुपैयाँ ७३ पैसा रहेको छ।
त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४८ रुपैयाँ ५३ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ २७ पैसा रहेको छ। उता कुवेती दिनार एकको खरिददर ३९२ रुपैयाँ २० पैसा तथा बिक्रिदर ३९४ रुपैयाँ १५ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३१९ रुपैयाँ ४९ पैसा तथा बिक्रिद र ३२१ रुपैयाँ ८ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८४ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ १ पैसा रहेको छ।
त्यस्तै मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ १५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ २९ पैसा रहेको छ भने साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३२ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ २९ रहेको छ।