Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    महामारी बनेर फैलिने सक्ने भाइरस चीनमा फेला पर्‍याे

    महामारी बनेर फैलिने सक्ने भाइरस चीनमा फेला पर्‍याे


    • मंगलवार, आषाढ १६ २०७७

    • नेपाल वाइड


    महामारी बनेर फैलिने सक्ने भाइरस चीनमा फेला पर्‍याे

          विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन । उनीहरूका अनुसार मानिसहरूलाई संक्रमण गर्न सक्ने उक्त भाइरस भर्खरै विकसित भएको र सुँगुरमा भेटिएको हो ।

          उक्त भाइरसको संरचनामा परिवर्तन हुनसक्ने भएकाले मानिसबाट मानिसमा सर्ने र विश्वभरि फैलिने सम्भावनाले अनुसन्धानकर्ताहरू चिन्तित छन । तत्कालका लागि समस्या नभए पनि उक्त भाइरसमा मानिसलाई संक्रमण गर्न आवश्यक सबै गुण भएकाले चनाखो हुनुपर्छ ।

          उक्त भाइरस नयाँ भएकाले मानिसहरूमा त्यसलाई प्रतिरोध गर्न न्यून वा शून्य क्षमता छ । प्रोसीडिङ्स अफ द न्याश्नल अक्याडमी अफ साईअन्सेज नामक जर्नलमा वैज्ञानिकहरूले सुँगुरमा उक्त भाइरस नियन्त्रण गर्न तथा सुँगुरपालन उद्योगमा काम गर्ने मानिसहरूलाई निगरानी गर्न आवश्यक उपायहरू राम्ररी कार्यान्वयन हुनुपर्ने उल्लेख गरेका छन ।

         यो नयाँ भाइरस सन् २००९ मा फैलिएको स्वाइन फ्लूसँग मिल्दोजुल्दो वीवीसीले उल्लेख गरेको छ । तर यसमा केही भिन्नताहरू पनि छन । यो अहिले फैलिएको त छैन तर यसबारे अनुसन्धान गरिरहेका प्राध्यापक किन (चाउ चाङ र उनका सहकर्मीहरूका अनुसार यसलाई निगरानीमा राख्नुपर्छ । अनुसन्धानकर्ताहरुले उक्त भाइरसलाई G4 EA H1N1 भन्ने गरेका छन ।

         उक्त भाइरस मानिसको श्वासनलीमा भएका कोषमा बढ्न र फैलिन सक्छ । उनीहरूले वधशाला र सुँगुरपालनसँग सम्बन्धित कृषि उद्योगमा कार्यरत मानिसहरूमा त्यो भाइरसले सङ्क्रमण गरेको प्रमाण फेला पारेका छन ।

        अहिले उपलब्ध फ्लूका खोपहरू यो भाइरसविरुद्ध प्रभावकारी छैनन । यूकेको नटिङ्गम यूनिभर्सिटीमा कार्यरत प्राध्यापक किन (चाउ चाङले बीबीसीलाई भने, ‘अहिले कोरोनाभाइरसका कारण हाम्रो ध्यान मोडिएको छ । तर हामीले सम्भावित खतरनाक नयाँ भाइरसलाई बेवास्ता गर्नु हुँदैन ।’

    सम्बन्धित समाचार