मंगलवार, आषाढ १६ २०७७
नेपाल वाइड
फ्रान्सको सबैभन्दा पुरानो फेसेनेम परमाणु केन्द्र बन्द भएको छ । बन्दवर्षौँदेखि चलिरहेको विरोधको केन्द्रबिन्दुमा रहेको फ्रान्सको फेसेनेम परमाणु केन्द्र चार दशकभन्दा बढी समयपछि सधैँका लागि बन्द भएको हो ।
जर्मनी र स्विट्जरल्यान्डसँगको सीमा नजिक पर्ने समस्या ग्रस्त उक्त केन्द्रले अल्सास क्षेत्रमा खपत हुने ७० प्रतिशत उत्पादन गर्दथ्यो । फेसेनेम केन्द्र बन्द भएपछि ऊर्जा आपूर्तिमा उत्पन्न खाडल कसरी पूर्ति गर्ने र जागिर गुमाएका व्यक्तिहरूलाई के गर्ने भन्ने प्रश्न उठेको छ । फ्रान्सले परमाणु ऊर्जामाथिको निर्भरता घटाउँदै लैजाने र सन् २०३५ सम्ममा १२ वटा पारमाणविक रीयाक्टर बन्द गर्ने प्रतिबद्धता जनाएको छ ।
फेसेनेमको पहिलो रीयाक्टर गत फेब्रुअरीमा बन्द गरिएको थियो भने दोस्रो रीया क्टरसोमवार राति ११ बजे बन्द गरिएको हो । आगामी तीन वर्षसम्ममा प्रयोग गरिएको इन्धन हटाइनेछ र त्यसपछि केन्द्रलाई पूर्ण रूपमा नष्ट गर्न अर्को १५ वर्ष लाग्नेछ । सरकारी स्वामित्वको ईडीएफले पहिलो पटक आफ्नो ’प्रेसराईज्ड वोट रीयाक्टर’ बन्द गर्न र पूर्ण रूपमा नष्ट गर्न लागिएको वीवीसीले जनाएको छ । फ्रान्ससँग यस्ता अझै ५६ वटा रीयाक्टर छन ।