Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    पाँच लाख बढीको मृत्यु

    विश्वमा १ करोड १ लाख बढिमा कोरोना संक्रमण

    विश्वमा १ करोड १ लाख बढिमा कोरोना संक्रमण


    • बुधवार, आषाढ १७ २०७७

    • नेपाल वाइड


    विश्वमा १ करोड १ लाख बढिमा कोरोना संक्रमण

    कोरोना संक्रमितको संख्या विश्वमा एक करोड एक लाख नाघेको छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड १ लाख ८५ हजार ३७४ पुगेको छ । 

    सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ३ हजार ८६२ पुगेको छ । 

    अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ । संयुक्त राष्ट्रसंघले कोरोना नियन्त्रणमा अफ्रिकाबाट अमेरिका तथा युरोपले सिक्नु पर्ने बताएको छ ।

    कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ३ हजार ८६२ पुगेको छ । 

    कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । दोस्रोमा ब्राजिल छ ।  

     

    सम्बन्धित समाचार