बुधवार, आषाढ १७ २०७७
नेपाल वाइड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भईरहेको छ । आजको स्थायी कमिटी बैठक बस्नुअघि दुवै अध्यक्षबीच छलफल भएको हो ।
यसअघि मंगलबारको बैठकमा अध्यक्ष दाहालसहित १७ जना स्थायी कमिटी सदस्यले प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागेका थिए । पार्टीमा अविश्वास बढदै गएपछि प्रधानमन्त्री ओली लगातार परामर्शमा रहनुभएको छ ।
वहाँले बिहानमात्रै पार्टीका केही स्थायी कमिटी सदस्य र मन्त्रीहरुसँग परामर्श गर्नुभएको थियो ।