Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा ४४५ जनाको पिसिआर परिक्षण

    खोटाङमा ४४५ जनाको पिसिआर परिक्षण


    • बुधवार, आषाढ १७ २०७७

    • नेपाल वाइड


    खोटाङमा ४४५ जनाको पिसिआर परिक्षण

             कोभिड–१९ को महामारीकाक्रममा खोटाङमा हालसम्म ४४५ जनाको पिसिआर परिक्षण गरिएको छ । कोभिड–१९ को संक्रमण भए नभएको यकिन गर्नेक्रममा दुई नगरपालिका र आठ गाउँपालिमामा ४४५ जनाको पिसिआर परिक्षण गरिएको हो ।


            पिसिआर परिक्षणकाक्रममा जिल्लामा नौ जनालाई कोरोना संक्रमण भएको पुष्टी भएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ । हालसम्म हलेसी तुवाचुङ नगरपालिकामा चार जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा चार जना र ऐसेलुखर्क गाउँपालिकामा एक जना संक्रमित फेला परेको हो ।

          हलेसी तुवाचुङ नगरपालिकाका चार जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् भने अन्य संक्रमित उपचारमा छन् ।
    प्रशासनका अनुशार हलेसी तुवाचुङ नगरपालिकाका १७५ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १३८, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ३२ जना, खोटेहाङ गाउँपालिकाका ३१ जना, ऐसेलुखर्क गाउँपालिकाका २९ जना, जन्तेढुंगा गाउँपालिकाका २२ जना, बराहपोखरी गाउँपालिकाका ७ जना, साकेला गाउँपालिकाका ६ जना र रावाबेँसी गाउँपालिकाका ५ जनाको पिसिआर परिक्षण गरिसकिएको छ । केपीलासगढी गाउँपालिकाका भने कसैको पनि पिसिआर परिक्षण नगरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयाे ।

    जिल्लामा हालसम्म एक हजार ५०३ जनाको आरडिटि टेष्ट गर्दा २७ जनाको पोजिटिभ रिपोर्ट देखिएको प्रशासनले जनाएको छ ।

    सम्बन्धित समाचार