Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खोटाङमा संक्रमितको संख्या ६ पुग्यो

    खोटाङका थप एक जनामा कोरोनाभाईरस संक्रमणको पुष्टि

    खोटाङका थप एक जनामा कोरोनाभाईरस संक्रमणको पुष्टि


    • बिहिवार, आषाढ १८ २०७७

    • नेपाल वाइड


    खोटाङका थप एक जनामा कोरोनाभाईरस संक्रमणको पुष्टि
    प्रतिकात्मक तस्बिर

          खोटाङमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

          राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाव परिक्षण गर्दा उक्त व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल खोटाङका डाक्टर शैलेस श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।

          गत असार १२ गते बहाराईनबाट उक्त संक्रमित व्यक्ति नगरपालिका आएका थिए । उनलाई सोही दिन माटिकोरेस्थित क्वारेन्टिनमा र असार १४ गतेदेखी सरस्वती माविमा निर्माण गरिएको क्वारेन्टिनमा राखिएको नगरपालिकाका स्वास्थ्य शाखाका हेल्थ असिन्टेण्ट खेमराज आचार्यले जानकारी दिनुभयो ।

          दिक्तेलको समाविको क्वारेन्टिनमा राखिएका ११ जनाको पिसिआर परिक्षण गरिएकोमा १ जनामा संक्रमण देखिएको छ भने अन्य १० जनाको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआर परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका ८ जनालाई बिहीबार घर पठाइएको छ । संक्रमितसँगै एउटै कोठमा बस्दै आएका २ जनालाई भने थप ५ दिन क्वारेन्टिनमै राखिने भएको छ ।

         पाँच दिनपछि पिसिआर परिक्षणमा नेगेटिभ रिपोर्टमा आएमा घर पठाईने मेयर दिपनारायण रिजालले बताउनुभयो । थप एक जनामा संक्रमण देखिएसँगै खोटाङमा संक्रमितको संख्या ६ जना पुगेको छ ।

    सम्बन्धित समाचार