Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बजेट अधिवेशन अन्त्य

    बजेट अधिवेशन अन्त्य


    • बिहिवार, आषाढ १८ २०७७

    • नेपाल वाइड


    बजेट अधिवेशन अन्त्य

    राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन् । राष्ट्रपति कार्यालय शीतलनिवासले मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएको छ । 

    यसअघि आजै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्तासमेत गरेका थिए । 

    वैशाख २६ गते शुरु भएको संसदको बजेट अधिवेशन सर्वाधिक चर्चामा रहेको एमसीसी सम्झौताबारे कुनै पनि निर्णय नगरी अन्त्य भएको छ । सामान्यतया संसद राति १२ बजेदेखि अन्त्य हुने सूचना आउने गरेकोमा यो पटक भने अपराह्न ५ बजे नै अन्त्य भएको सूचना जारी भएको छ ।

    सम्बन्धित समाचार