बिहिवार, आषाढ १८ २०७७
नेपाल वाइड
नेपाली सिने कलाकार पूजा शर्मा ट्रोलको शिकार बनेकी छिन् । पत्रकारको पश्नमा नेपालमा कति जिल्ला छन् ? भन्ने समेत थाहा नपाएपछि उनको चौतर्फी विरोध भएको छ ।

प्राइम टाइम्सको भिडियो अन्तर्वार्तामा पत्रकार प्रकाश सुवेदीले लिएको अन्तर्वार्तामा पूजाले नेपालमा १४ जिल्ला भएको बताएकी थिइन् । अन्तवार्ताकाक्रममा पत्रकार सुवेदीले नेपालमा यतिखेर कतिवटा प्रदेश छन् ? यसको जवाफमा कलाकार पूजा शर्माले ७२ वटा भएको भन्दै अकमकाएकी थिइन् । यो प्रश्नको उत्तर दिन नसकेपछि उनलाई सुवेदीले नेपालमा कतिवटा जिल्ला छन् भनेर प्रश्न सोधेका थिए । पूजाले नेपालमा १४ वटा जिल्ला भएको उत्तर दिएकी थिइन् । यो भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ भने नेपाली कलाकारको अज्ञानतामाथि पनि प्रश्न उठाइएको छ । प्राइम टिभीको युट्युब च्यानलमा अपलोड गरिएको उक्त भिडियो हटाइएको छ । भिडियो किन हटाइयो भन्ने खुलाइएको छैन ।

के थियो त भिडियोमा ?
अन्तर्वार्ता दिन पुगेकी पूजासँग प्रकाश सुवेदीले लामो समय कुरा गरेका थिए । कुराकानीकाक्रममा पत्रकार सुवेदीले एकछिन बाहिरी कुरा गरौं न भन्दै राजनीतिक नेताहरुका बारेमा सोध्छन् । पत्रकारले पहिले नेपालका अर्थमन्त्रीको नाम सोध्छन् । पूजाले उत्तर दिन नसकेपछि पूर्वसञ्चारमन्त्रीको नाम सोध्छन् । प्रश्नको उत्तरमा पूजाले आफूलाई थाहा नभएको प्रतिक्रिया दिन्छिन् । कार्यक्रममा पूजालाई हालका अर्थमन्त्री युवराज खतिवडा र पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा भएको बताउँछन् । उनलाई सोधिएको ५ मन्त्रीको नाम पनि पूजाले भन्न सक्दिनन् । पत्रकारले पुनः ३ मन्त्रीको नाम भन्न अनुरोध गर्छन् । जवाफमा पूजाले बामदेव गौतम, प्रचण्ड र बाबुराम भट्टराईको नाम लिन्छिन् । यहि अन्र्तवार्ताको भिडियो सार्वजनिक गरिएपछि पुजा शर्माको ट्रोलको शिकार बनेकी हुन ।
