Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आइसिटी अवार्डको अनलाइन नोमिनेसन साउन १६ सम्म खुल्ला रहने

    आइसिटी अवार्डको अनलाइन नोमिनेसन साउन १६ सम्म खुल्ला रहने


    • बिहिवार, आषाढ १८ २०७७

    • नेपाल वाइड


    आइसिटी अवार्डको अनलाइन नोमिनेसन साउन १६ सम्म खुल्ला रहने

          सूचना प्रविधि क्षेत्रको अवार्ड, आइसिटी अवार्डको पाँचौँ संस्करणको अनलाइन नोमिनेसन (आवेदन) यही साउन १६ सम्म खुल्ला रहने जनाईएको छ । लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने आइसिटी अवार्ड २०२० को अनलाइन आवेदन असार ८ गते खुल्ला गरिएको थियो ।

           यस वर्ष विभिन्न ११ विधामा आइसिटी अवार्ड आयोजना हुने नयाँपत्रिकाले जनाएको छ । इन्नोभेसन इन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड यस वर्षदेखि थप गरिएको संयोजक राजन लम्सालले बताए ।

          स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड विधाहरू इन्नोभेसन, प्रडक्ट र स्टार्टअपसँग सम्बन्धित अवार्ड विधाहरू हुन् । यसैगरी पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी र मिडिया पर्सन आइसिटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधाहरू रहेका छन् ।

         डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी संस्था र डिजिटल एजुकेसन आइसिटी अवार्ड सामुदायिक शैक्षिक संस्थानहरूलाई प्रदान गरिने अवार्ड विधाहरू रहेका छन् । यो अवार्ड सन् २०१६ देखि सुरु भएको हो ।

    सम्बन्धित समाचार