Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नागरिककर्मीको पुरस्कार राशी राष्ट्रिय आविस्कार केन्द्रलाई

    नागरिककर्मीको पुरस्कार राशी राष्ट्रिय आविस्कार केन्द्रलाई


    • बिहिवार, आषाढ १८ २०७७

    • नेपाल वाइड


    नागरिककर्मीको पुरस्कार राशी राष्ट्रिय आविस्कार केन्द्रलाई

               खोटाङका पत्रकार दमन राईले पुरस्कार वापत पाएको रकम महाबीर पुन नेतृत्वको राष्ट्रिय आविस्कार केन्द्रलाई प्रदान गरेका छन् । ‘११ औं केपीलासगढी बाक्सिला रनिङ गोल्डकप’ समापनको अवशरमा बाक्सिला फुटबल क्लवले प्रदान गरेको ५ हजार ११ रुपैयाँ राशीको खेलकुद पत्रकारिता पुरस्कार वापतको रकम राष्ट्रिय आविस्कार केन्द्रलाई प्रदान गरेका हुन् ।

           नागरिक दैनिकमा आवद्ध पत्रकार राईले खेलकुद पत्रकारिता पुरस्कार वापतको ५ हजार रकम बिहिबार राष्ट्रिय आविस्कार केन्द्रको नाममा ग्लोवल आइएमई बैंकको नयाँ बानेश्वर शाखामा खोलिएको खातामा जम्मा गरिदिएका हुन् ।

           बाक्सिला फुटबल क्लवले ‘११ औं केपीलासगढी बाक्सिला रनिङ गोल्डकप’ समापनको अवशरमा पत्रकार राईलाई गत फागुन २५ गते खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको थियो । तर, व्यक्तीगत समस्याका कारण पुरस्कार ग्रहण कार्यक्रममा पुग्न नसकेपछि बाक्सिला फुटबल क्लवले असार १६ गते पुरस्कार राशी पत्रकार राईको खातामा जम्मा गरिदिएको थियो ।

           पुरस्कार थाप्न नपुगे पनि सो रकम राष्ट्रिय आविस्कार केन्द्रको नाममा जम्मा गरिदिन क्लवलाई आग्रह गरिएको थियो । वैज्ञानिक एबं अभियान्ता पुनको अभियानमा होस्टेमाहैंसे गर्ने मनले पुरस्कार वापतको रकम सहयोग गरिएको पत्रकार राईले बताउनुभयाे ।

           हरेक गोल्डकप सञ्चालनको अवशरमा बाक्सिला फुटबल क्लवले प्रदान गर्ने पुरस्कार राईलाई दोश्रोपल्ट प्रदान गरेको हो । यसअघि २०६७ साल बैसाख ७ गते पनि बाक्सिला फुटबल क्लवले पत्रकार राईलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको थियो । पुरस्कृत राई नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष समेत हुन् ।

              यसअघि पत्रकार बिमला राई, केदार मगर, चिसाङ शेर्पा लगायतले बाक्सिला फुटबल क्लवले प्रदान गर्ने खेलकुद पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् ।

    Vauchar Bank.jpg

     

     

    सम्बन्धित समाचार