Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोरोना भाइरसविरुद्धको लडाइँमा उत्तरी कोरियालाई सफल्ता मिल्यो: किम जोङ

    कोरोना भाइरसविरुद्धको लडाइँमा उत्तरी कोरियालाई सफल्ता मिल्यो: किम जोङ


    • शुक्रवार, आषाढ १९ २०७७

    • नेपाल वाइड


    कोरोना भाइरसविरुद्धको लडाइँमा उत्तरी कोरियालाई सफल्ता मिल्यो: किम जोङ

               उत्तर कोरियाका नेता नेता किम जोङ उनले कोरोना भाइरसविरुद्धको लडाइँमा मुलुकलाई ‘सफलता’ मिलेको दाबी गरेका छन् । सत्तारुढ वर्कर्स पार्टीको पोलिटब्यूरोमा बोल्दै किम जोङ उनले आफूहरुले घातक भाइरसलाई रोक्न सफल भएको र स्थिर अवस्था कायम गरेको बताएका हुन् ।

              उत्तर कोरियाले ६ महिनाअघि नै आफ्नो सीमा बन्द गरेको र हजारौं मानिसहरुलाई आइसोलेसनमा पठाएको थियो । उत्तर कोरियाले आफ्नो मुलुकमा कोरोना भाइरसका एकजना पनि संक्रमित नभएको दाबी गर्दै आएको छ ।

              किमले बिहीबार छ महिना लामो राष्ट्रिय आपतकाल घोषणा गरेपछि महामारीबारे थप अनुसन्धान गर्न सहयोग पुगेको बताएका छन् । उनले छिमेकी देशहरुमा अझै भाइरसको संक्रमण रहेको बताउँदै अधिकतम सतर्कता अपनाउनुपर्ने बताएका छन् ।

               के उत्तर कोरियामा कोरोना भाइरस फैलिएको छ ? कसैलाई वास्तवमा थाहा छैन । अन्तराष्ट्रिय नाकाहरु ३० जनवरी पछि बन्द गरिएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका भाइरस रोकथामका उपायमा सीमा क्षेत्रमा कार्यरत स्वयंसेवकहरू थिए र त्यहाँ देशभरिमा थुप्रै अपुष्ट रिपोर्टहरू सार्वजनिक भएका छन् । तर हालसालैका हप्तामा राजधानीमा मानिसको जीवनलाई सामान्य अवस्थामा ल्याइएको वीवीसीले उल्लेख गरेको छ ।

     

    सम्बन्धित समाचार