Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नारायण प्रसाद जोशी सामाजिक विकास कोषको स्थापना

    नारायण प्रसाद जोशी सामाजिक विकास कोषको स्थापना


    • शनिवार, आषाढ २० २०७७

    • नेपाल वाइड


    नारायण प्रसाद जोशी सामाजिक विकास कोषको स्थापना

                   खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नारायण प्रसाद जोशी सामाजिक विकास कोषको स्थापना गरेको छ । समाजसेवी जोशीको स्मृतिमा नगरपालिकाले कोषको स्थापना गरेको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ८ लाख एबम् अन्य सामाजिक संघ–सस्थाहरुको सहकार्यमा कोषको स्थापना गरिएको हो । नगरपालिकाले स्थापना गरेको कोषको प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले उद्धघाटन गर्नुभएको छ ।

    कोषको व्याजबाट सामाजिक पुरस्कार प्रदान गर्ने व्यवस्थाका लागि स्थापना गरिएको कोषमा हालसम्म नगरपालिकाले ८ लाख, सक्रिया बचत तथा ऋण सहकारी संस्थाद्धारा १ लाख ५० हजार, हिमाली क्लबले १ लाख, गैर सरकारी संस्था महासंघ खोटाङ ५५ हजार, मनोज स्मृति प्रतिष्ठानको ५० हजार, नेपाल निजामती कर्मचारी संगठन खोटाङद्धारा २५ हजार, बालसेवा समाजद्धारा २० हजार, व्यक्तिगत रुपमा अनिल जोशीद्धारा २५ हजार र सम्मानित व्यक्ति इमान राईद्धारा १० हजार रुपैया सहित करिव १२ लाख रुपैया जम्मा भईसकेको नगरपालिकाले जनाएको छ ।

    सामाजिक सेवाका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै जोशीको बार्षिक पुण्य तिथीको अवशरमा गत वर्ष ५० हजार राशीको सामाजिक पुरस्कार स्थापना गर्ने घोषणा गरिएको थियो ।

    २००४ साल पुस २४ गते जन्मिएका जोशीको ७० वर्षको उमेरमा २०७४ साल असार २१ गते निधन हुनुभएको थियो । निजामती कर्मचारी संगठन खोटाङको संस्थापक अध्यक्ष रहेका जोशी हिमाली क्लवका अध्यक्षकारुपमा कार्यरत थिए ।

    माननिय विशाल भट्टराई Nepalwide.JPG

    जिल्ला प्रशासन कार्यालयमा नासुकारुपमा कार्यरत रहेको अवस्थामा जोशी २०४८ सालको कर्मचारी आन्दोलनमा सहभागी भएकामा जागीरबाट हटाइएका थिए । जोशी २०४८ साल साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीले सदरमुकाम दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेकाबेला प्रहरीको गोली लाग्दा ज्यान गुमाएका मनोज जोशीको पीता हुन् ।

    सम्बन्धित समाचार