शनिवार, आषाढ २० २०७७
नेपाल वाइड
ललितपुरस्थित खोकनाका किसान र प्रहरीबीच झडप भएको छ । खनजोत र रोपाइँमा प्रहरीले अवरोध गरेपछि किसान र प्रहरीबीच झडप भएको हो । प्रहरीले किसानका समूहलाई लक्षित गर्दै केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।

फाष्ट ट्रयाकको क्षेत्रभित्र पर्ने जमिनमा खोकनाका किसानले खेतमा रोपाई गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

किसानहरूले आफ्नो जग्गाको मुआब्जा नपाएकोले खनजोत गर्न पाउनुपर्ने बताउदै आएका छन । स्थानीय किसानले संयुक्त रूपमा खेत रोपाइँका कार्यक्रम गरेपछि शनिबार बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
प्रहरीले अश्रुग्यास हानेपछि स्थानीय किसानले पनि ढुंगा हान्दा केही मानिस घाइते छन । असार १५ गते खेत रोपाइँमा गएका खोकनाका किसानलाई पनि प्रहरीले अवरोध गरेको थियो ।
खेत जोत्न लगिएका ट्याक्टर नियन्त्रणमा लिएपछि स्थानीय किसानले प्रहरीविरूद्ध नाराबाजी गर्दै खेतमै प्रदर्शन गरेका थिए ।
