Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको ऐसेलुखर्क गाउँपालिकाको पाँच वर्षे आवधिक योजना निर्माण

    खोटाङको ऐसेलुखर्क गाउँपालिकाको पाँच वर्षे आवधिक योजना निर्माण


    • बिहिवार, आषाढ २५ २०७७

    • नेपाल वाइड


    खोटाङको ऐसेलुखर्क गाउँपालिकाको पाँच वर्षे आवधिक योजना निर्माण

               खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आवधिक योजना निर्माण गरेको छ । गाउँपालिकाको समग्र वस्तुस्थिति, सवल पक्ष, दुर्वल पक्ष, अवशर र चुनौतीको पहिचान गर्दै योजनावद्ध बिकास र संबृद्धिका लागि पाँच वर्षे आवधिक बिकास योजना निर्माण गरिएको हो ।

             निश्चित समय अवधिभित्र विभिन्न क्षेत्रको विकासमा लक्षित उपलव्धी हासिल गर्नकालागि एक वर्षभन्दा बढि समय लगाएर आवधिक योजना तयार पारिएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौला बताउनुभयो ।

           आवधिक योजना निर्माणको पुर्वतयारीमा २०७६ साल मंसिर २७ गतेदेखि २९ गतेसम्म आवधिक योजना तर्जुमा अन्तरक्रिया गोष्ठी गरेको गाउँपालिकाले सडक, पुल, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत बिकासका सबै पक्षलाई प्राथमिकीकरण गरेर योजनावद्ध बिकासको खाका तयार पारिएको जनाएको छ ।

             गाउँपालिकाको प्राथमिकतामा समेटिनुपर्ने सामाजिक विकास, आर्थिक विकास, वन तथा वातावरण, पर्यटन लगायतका विषयमा विज्ञ तथा पालिकाबासीबाट सुझाव लिएर पाँच वर्षे आवधिक बिकास योजना तयार पारिएको गाउँपालिका अध्यक्ष निरौलाको भनाई छ ।

          पुर्वाधार विकास, सामाजिक बिकास, कृषि विकास लगायतका योजना सम्वन्धी छलफल एबं सल्लाह, सुझाबका आधारमा अल्पकालिन र दिर्घकालिन योजनाको प्राथमिकीकरण गर्दै आवधिक योजनालाई अन्तिम टुंगो लगाइएको गाउँपालिकाले जनाएको छ । ‘आवधिक योजनामार्फत प्रत्येक वर्ष के कति उपलव्धी हासिल गर्ने भनेर लक्ष्य निर्धारण गर्ने काम गरिएको छ,’ निरौलाले भने, ‘यही निर्धारित योजनाको आधारमा गाउँपालिकाको विकास निर्माणको कामलाई अघि बढाउने काम हुन्छ ।’


    गाउँपालिकाले शिक्षा ऐन २०७६ र गाउँपालिकाको आर्थिक वर्ष २०७४/०७५ सम्म गरेको कार्य सम्पादन पुस्तिका पनि सार्वजनिक गरेको छ ।

    सम्बन्धित समाचार