Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    प्रहरीलाई बाणिज्य संघको स्मार्ट टिभी

    प्रहरीलाई बाणिज्य संघको स्मार्ट टिभी


    • बिहिवार, आषाढ २५ २०७७

    • नेपाल वाइड


    प्रहरीलाई बाणिज्य संघको स्मार्ट टिभी

               उद्योग बाणिज्य संघ खोटाङले जिल्ला प्रहरी कार्यालयलाई स्मार्ट टिभी प्रदान गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पुगेका सेवाग्राहीलाई लक्ष्यीत गर्दै बाणिज्य संघले प्रहरीलाई ७९ हजार मूल्या पर्ने ५५ ईन्चको स्मार्ट भिटी प्रदान गरेको हो ।

             समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालयलाई स्मार्ट टिभी प्रदान गरिएको उद्योग बाणिज्य संघका महासचिव मनोज बजिमयले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयमा बिहिबार एक कार्यक्रमकाबीचमा बाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले डिएसपी नारायणप्रसाद चिमोरियालाई टिभी हस्तान्तरण गरेका छन् ।

            समुदायमा सचेतना अभिबृद्धि गर्ने किसिमका भिडियो सन्देश प्रशारणका लागि जिल्ला प्रहरी कार्यालयको सेवाग्राही बस्ने प्रतिक्षालयमा स्मार्ट टिभीको व्यवस्था मिलाइएको हो । स्मार्ट टिभीमार्फत विभिन्न किसिमका अपराधबाट बच्ने उपाय, यौन हिंसा, घरेलु हिंसा, बाल बिवाह, दाइजो प्रथा, लागू औषध दुव्र्यासनी, साइबर क्राईम, बाल श्रम, सडक सुरक्षा, वाताबरण संरक्षण लगायत सम्वन्धी सचेतनामुलक सन्देश प्रशारण सुरु गरिएको डिएसपी चिमोरियाले बताउनुभयाे । ‘अपराधबाट पिडित हुनबाट जोगिने उपायका बारेमा सचेत गराउन र अपराध भइहालेको अवस्थामा तत्काल प्रहरीलाई खबर गर्ने वाताबरण बनाउनका लागि स्मार्ट टिभीको प्रयोग सुरु गरिएको हो,’ डिएसपी चिमोरियाले भने, टिभिबाट अपराधबाट बच्ने उपायका बारेमा सचेतनामुलक सामग्री प्रशारण सुरु गरेका छौँ । भिडियोमार्फत देखाइएको सन्देशमुलक सामग्री प्रभावकारी हुने अपेक्षा गरिएको छ ।’

    सम्बन्धित समाचार