Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    रावाबेँसी गाउँपालिकाका सात जनाको पिसिआर रिपोर्ट नेगेटिभ

    रावाबेँसी गाउँपालिकाका सात जनाको पिसिआर रिपोर्ट नेगेटिभ


    • बिहिवार, आषाढ २५ २०७७

    • नेपाल वाइड


    रावाबेँसी गाउँपालिकाका सात जनाको पिसिआर रिपोर्ट नेगेटिभ

              भारत तथा तेश्रो मुलुकबाट आएका खोटाङको रावाबेँसी गाउँपालिकाका सात जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेको अवस्थामा लकडाउन भएपछि घर आएका सात स्थानीयको पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

             उनीहरुको स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागि बिराटनगर पठाइएको थियो । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिकाबाट थप २७ जनाको पिसिआर परिक्षणका लागि स्वाव परिक्षणमा पठाइएको छ ।

              विभिन्न देशबाट आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २० जना र साकेला गाउँपालिकाका ७ जनाको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेर पठाइएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट बुधबार र साकेला गाउँपालिकाबाट बिहिबार स्वाव संकलन गरेर परिक्षणमा पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

    सम्बन्धित समाचार