Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    विपतको बेला राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपा स्थायी कमिटीको बैठक स्थगित

    विपतको बेला राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपा स्थायी कमिटीको बैठक स्थगित


    • शुक्रवार, आषाढ २६ २०७७

    • नेपाल वाइड


    विपतको बेला राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै  नेकपा स्थायी कमिटीको बैठक स्थगित

                  नेकपा स्थायी कमिटीको बैठक थप सात दिनसम्मका लागि स्थगित भएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत् स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी दिएका छन् ।

                बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाले स्थायी कमिटी बैठक थप सात दिनसम्मका लागि स्थगित गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमा लेखेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’ पूर्वयोजनाअनुसार नेकपा स्थायी कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बस्ने तय भएको थियो ।

                नेकपा स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि आन्तरिक किचलो उत्कर्षमा पुगेको छ । पार्टी विभाजनको संघारमा पुगेपछि सहमति खोज्न भन्दै यसअघि पनि पटक–पटक स्थायी कमिटीको बैठक स्थगित गरिएको थियो । अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमतिको लागि भनेर बैठक स्थगित गरिए पनि सहमतिको प्रयासले सार्थकता पाउन सकेको छैन ।

     

    सम्बन्धित समाचार