Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पाकिस्तानी एयरलाइन्समाथि अमेरिकाको प्रतिबन्ध

    पाकिस्तानी एयरलाइन्समाथि अमेरिकाको प्रतिबन्ध


    • शुक्रवार, आषाढ २६ २०७७

    • नेपाल वाइड


    पाकिस्तानी एयरलाइन्समाथि अमेरिकाको प्रतिबन्ध

           अमेरिकाले पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) को चार्टर विमानमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी परिवहन मन्त्रालयले पाकिस्तानी पाइलटहरुको प्रमाणपत्रका विषयमा फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) ले आशंका गरेपछि प्रतिबन्ध लगाएको हो ।

           समाचार एजेन्सी रोयटर्सका अनुसार पाकिस्तानमा गएको महिना भएको जाँचका क्रममा एकतिहाइ पाइलटहरुले आफ्नो योग्यतासम्बन्धी गलत जानकारीसहितका कागजात पेस गरेका थिए ।

           युरोपियन युनियन एभिएसन सेफ्टी एजेन्सीले पनि पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको सञ्‍चालनमा ६ महिना रोक लगाएको छ । यद्यपि, यस विषयमा पाकिस्तान इन्टरनेसल एयरलाइन्सका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । विविसि 

    सम्बन्धित समाचार