शनिवार, आषाढ २७ २०७७
नेपाल वाइड
अविरल वर्षासगै आएको बाढीपहिरोमा परेकाहरूलाई तत्काल उद्धार, राहत र पुर्नस्थापनामा सरकारले विषेश ध्यान दिने भएको छ । देशका आठ जिल्ला अहिले बाढीपहिरोबाट प्रभावित भएकोले उद्धारदेखि पुर्नस्थापनासम्मको कामलाई विषेश ध्यान दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, मन्त्रीहरू तथा सुरक्षा निकायबीचको बैठकले यस्तो निर्णय गरेको हो ।
बाढी पहिरोपीडितलाई उद्धार गरी तत्कालका लागि सार्वजनिक भवन, विद्यालयहरूमा राख्न सकिनेबारे छलफल भएको छ । बाढीपहिरो पीडितलाई तत्काल उद्धार, राहत र पुनर्स्थापनाका विषयमा सरोकारवालाहरुसँग छलफल भएको राष्ट्रिय विपद जोखिम न्यूनफकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।
प्राकृतिक विपदबाट पीडितहरुलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरुमा पुनर्स्थापना गर्ने विषयमा छलफल भएको उनको भनाइ छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक अनुसार शुक्रबार बाढी र पहिरोबाट ८ जिल्ला प्रभावित भएका थिए । बाढी र पहिरोमा परेर २३ जनाको मृत्यु भईसको छभने ३६ जना बेपत्ता छन ।