Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    विद्यालयलाई भारतीय सेनामा कार्यरत युवाको सहयोग

    विद्यालयलाई भारतीय सेनामा कार्यरत युवाको सहयोग


    • शनिवार, आषाढ २७ २०७७

    • नेपाल वाइड


    विद्यालयलाई भारतीय सेनामा कार्यरत युवाको सहयोग

                 खोटाङको रावाबेँसी गाउँपालिका–१ कुभिन्डे दम्कुस्थित कालिका आधारभुत विद्यालयलाई भारतीय सेनामा कार्यरत एक युवाले आर्थिक सहयोग गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा उर्लेनी घर भइ हाल भारतीय सेनामा कार्यरत रबिन राईले खेलकुद सामग्री खरिदका लागि विद्यालयलाई आर्थिक सहयोग गरेका हुन् ।

               भारतीय सेनामा कार्यरत राईले विद्यालयलाई २० हजार आर्थिक सहयोग गरेको प्रअ टिकाराम राईले बताउनुभयो । प्राप्त सहयोग रकमबाट विद्यालय व्यवस्थापन समितिले अध्ययनरत बालबालिकाका लागि खेल सामग्री खरिद गर्ने निर्णय गरिसकेको जनाएको छ ।
    प्रअ टिकाराम र भारतीय सेनामा कार्यरत रबिन एकैघरमा बसेर २०६३/०६४ सालमा दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययन गरेका थिए । सँगै क्याम्पस अध्ययन गरेको र मिल्ने साथीकारुपमा भारतीय सेनामा कार्यरत रबिनले आफ्नो साथी प्रअ रहेको विद्यालयलाई खेलकुदका सामग्री व्यवस्थाका लागि आर्थिक सहयोग गरेका हुन् ।

    सम्बन्धित समाचार