आइतवार, आषाढ २८ २०७७
नेपाल वाइड
संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराको कारण ७ घर बगाउदा ११ जना बेपत्ता बनेका छन । गए राति गएको पहिराले बेसिन्दा गाउँका ७ बगाएर बेपत्ता बनाएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो ।
पहिराका कारण बेसिन्दाका ११ जना बेपत्ता भएको जनाइएको छ । पहिरामा परेका तीन जनाको स्थानीयवासीले उद्धार गरेका छन । पहिरोका कारण वडा कार्यालय र स्वास्थ्यचौकी भवनमा समेत क्षति पुगेको छ ।
अहिले पनि त्यस क्षेत्रमा लगातार पानी परिरहेका कारण उद्धारमा कठिनाइ भएक छ । घटनास्थलमा प्रहरी पुगिनसकेका कारण के कति क्षति भयो भन्ने विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख नवराज मल्लले बताउनुभयो । घटनास्थलतर्फ प्रहरी खटाइएको बताइएको छ । मल्लका अनुसार वर्षाका कारण सदरमुकाम खाँदबारीका विभिन्न ठाउँमा पनि पहिरो गएको छ । क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ ।