Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पहिरोको कारण भोजपुरमा ५ परिवार विस्थापित

    पहिरोको कारण भोजपुरमा ५ परिवार विस्थापित


    • आइतवार, आषाढ २८ २०७७

    • नेपाल वाइड


    पहिरोको कारण भोजपुरमा ५ परिवार विस्थापित
    फायल तस्बिर

             पहिरोको कारण भोजपुरमा ५ परिवार विस्थापित भएका छन । अविरल बर्षासंगै आएको पहिरोका कारण षडानन्द नगरपालिका ४, दिङलाबजारका ५ परिवार विस्थापित भएका हुन । शनिबार राती खसेको पहिरोले घरहरु जोखिम बढेपछि ती परिवारलाई अन्यत्र सारिएको प्रहरी जनाएको छ ।

             पुरुवा माटोमा बनेका ती घरहरु लगातारको बर्षातले क्षति पुगेको इलाका प्रहरी कार्यालय दिङलाका प्रहरी निरीक्षक भास्कर खतिवडाले जानकारी दिए । उनका अनुसार ती परिवारलाई स्थानीय सुबास तामाङको घरमा राखिएको छ । त्यस्तै, षडानन्द नगरपालिका ७, केउरेनीपानी रुखले किचेर स्थानीय धर्मराज चौहानको घर पुर्ण रुपमा क्षति भएको छ ।

    सम्बन्धित समाचार