Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    १३ स्रष्टा सम्मानित

    १३ स्रष्टा सम्मानित


    • सोमवार, आषाढ २९ २०७७

    • नेपाल वाइड


    १३ स्रष्टा सम्मानित

               प्रदेश नम्बर १ सरकारले १३ जना स्रष्टाहरुलाई सम्मान गरेको छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा साहित्य कला सम्मानबाट १२ जना स्रष्टालाई सम्मान गरिएको हो ।

             प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले २ सय ७ औं भानुजयन्तीको अवसरमा विराटनगरका एक कार्यक्रमको आयोजना गर्दै स्रष्टाहरुलाई सोमबार सम्मान गरेका हुन । १ लाख राशिको बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट इलामका स्रष्टा डा. नवलकिशोर राई सम्मानित हुनुभएको छ ।

            सम्मानित स्रष्टा राईले पुरस्कारबाट प्राप्त राशि मध्ये ५० हजार आरोहण गुरुकुल र ५० हजार कोरोना उपचार कोषलाई हस्तान्तरण गर्नुभएको छ । त्यसैगरि, भाषा साहित्य कला सम्मानबाट १२ जना श्रष्टा सम्मानित भएका छन् ।

            ललितकला तर्फ अनुराधा थापा–मोरङ, साहित्य तर्फ धनकुटाका उमानाथ घिमिरे ‘सागर’, मोरङका कविराज पोखरेल, झापाका मुनाराज शेर्मा, खोटाङकी पञ्चकुमारी परियार, पाँचथरका प्रेम ओझा, सुनसरीका शिवनारायण पण्डित ‘सिंगल’ सम्मानित भएका छन ।

            त्यसैगरी साहित्य र कलातर्फ सोलुका डीवी किराँती, रंगकलातर्फ झापाकी कविता नेपाल, चलचित्रकर्मीतर्फ मोरङका केशव रायमाझी, नृत्यकलातर्फ मोरङकी माया पौडेल र गीतसंगीततर्फ मोरङकै वीरध्वज शिवा सम्मानित भएका छन ।

           सम्मान कार्यक्रममा बोल्नुहुदै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भाषा, साहित्यको संरक्षण आवश्यक रहेकोमा जोड दिनुभएको छ । मुख्यमन्त्री राईले साहित्य, कलाको संरक्षण र विकासका लागि प्रदेश सरकारले एकेडेमी निर्माणको कार्य सुरु गरेको बताउनुभयो ।

     

    सम्बन्धित समाचार