सोमवार, आषाढ २९ २०७७
नेपाल वाइड
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लागू भएसँगै राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत कर्मचारी तथा प्रशिक्षकहरूले खेल संघबाट धमाधम राजीनामा दिन थालेका छन ।
नयाँ ऐनमा खेलकुद परिषद्का कर्मचारी र प्रशिक्षक कुनै पनि संघको पदाधिकारी तथा सदस्य बन्न नपाउने भएपछि यसअघि संघको कार्यसमितिमा रहेका कर्मचारी तथा प्रशिक्षकले राजीनामा दिएका हुन ।
सोमबारसम्म परिषद्मा आबद्ध ३३ जना कर्मचारी तथा प्रशिक्षकले विभिन्न ५६ पदबाट राजीनामा दिइसकेका छन । परिषद्को संघ संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले चार वटा संघको कार्यसमितिबाट राजीनामा दिएका छन । खेलकुद विकास विभागका प्रशासकिय अधिकृत चन्द्रकुमार राईले नेपाल गल्फ संघको सचिवबाट राजीनामा दिएका छन ।
परिषद्का प्रशासकिय अधिकृत ओमनाथ न्यौपानेले नेपाल केम्पो खुकुरी मार्शल आर्ट संघको सदस्य, नेपाल फुटसल संघको कोषध्यक्ष, नेपाल जितकुण्डो संघको सदस्य, नेपाल जोरखाने खेलकुद संघको सदस्य र जापान गोजुरियो डो मिशन संघ नेपालको सदस्यबाट राजीनामा दिएका छन ।