Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सिँचाई डिभिजन कार्यालय खोटाङका प्रमुख श्रेष्ठ ९ लाख ३४ हजार रुपैया घुस सहित रंगेहात पक्राउ

    सिँचाई डिभिजन कार्यालय खोटाङका प्रमुख श्रेष्ठ ९ लाख ३४ हजार रुपैया घुस सहित रंगेहात पक्राउ


    • मंगलवार, आषाढ ३० २०७७

    • नेपाल वाइड


    सिँचाई डिभिजन कार्यालय खोटाङका प्रमुख श्रेष्ठ ९ लाख ३४ हजार रुपैया घुस सहित रंगेहात पक्राउ

              जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय दिक्तेल खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठ घुस लिदालिदै रंगेहात पक्राउ परेका छन । सेवाग्राहीबाट ९ लाख ३४ हजार रुपैया घुस लिइरहेको अवस्थामा कार्यालय प्रमुख श्रेष्ठलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।

          अख्तियारको टोलीले श्रेष्ठलाई घुस रकम सहित कार्यालयको कार्यकक्षबाटै पक्राउ गरेको हो । श्रेष्ठको साथबाट श्रोत नखुलेको थप ९९ हजार ५ सय रुपैयाँ पनि जफत गरिएको बताइएको छ । श्रेष्ठलाई स्वास्थ्य परिक्षण पछि थप अनुसन्धानका लागि काठमाण्डौ लाने तयारी गरेको आयोगका प्रवत्ता प्रदीप कुमार कोईरालाले जानकारी दिनुभयो ।

        श्रेष्ठले सिँचाई योजनाको रकम प्रदेशबाट निकासा हुन ढिलाइ भइरहेको अवस्थामा अधिकांशसँग ‘छिटो निकासाका लागि माथि रकम दिनुपर्ने’ भन्दै पटक–पटक बार्गेनिङ गर्दैआएको सेवाग्राहीको गुनासो छ ।

    सम्बन्धित समाचार