Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बराहपोखरी गाउँपालिकाले निर्माण गरेको प्रि–फाईभ भवन संञ्चालनमा

    बराहपोखरी गाउँपालिकाले निर्माण गरेको प्रि–फाईभ भवन संञ्चालनमा


    • मंगलवार, आषाढ ३० २०७७

    • नेपाल वाइड


    बराहपोखरी गाउँपालिकाले निर्माण गरेको प्रि–फाईभ भवन संञ्चालनमा

                 खोटाङको बराहपोखरी गाउँपालिकाले निर्माण गरेको प्रि–फाईभ भवन संञ्चालनमा ल्याएको छ । भाडाको घरबाट सञ्चालन हुँदैआएको गाउँपालिकाको काम अब आफ्नै भवनबाट सुरु गरिएको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताउनुभयो ।

              स्थानीय तह कार्यान्वयनमा आएको तीन वर्षपछि बराहपोखरी गाउँपालिकाले ‘ई’ आकारको प्रि–फाईभ भवन निर्माण गरेको हो । निर्माण कम्पनी रामसागर विल्डर्सले ९८ लाख रुपैयाँमा गाउँपालिकाको प्रि–फ्याव भवन निर्माण गरेको हो । बराहपोखरी गाउँपालिका–४ फाक्टाङस्थित धर्तुङमा सभाहल, न्यायीक समितिको इजलास, अध्यक्ष/उपाध्यक्षको कार्यकक्ष, प्रशासनिक फाँट, विषयगत समितिका कार्यकक्ष लगायतका छुट्टा–छुट्टै कोठा भएको भवन निर्माण गरिएको हो ।

             भवन निर्माणका लागि गाउँपालिकाले गत आर्थिक वर्ष ७५ लाख र चालु आर्थिक वर्ष २३ लाख बजेट बिनियोजन गरेको थियो । कोभिड–१९ को महामारीका कारण गाउँपालिकाको भवन निर्धारित समयमा पुरा गर्न नसकिएको अध्यक्ष बञ्जराले बताउनुभयो ।

    सम्बन्धित समाचार