Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    वालीविज्ञान विषयको पठन–पाठनका लागि स्वीकृति प्राप्त

    मुलुकभरका नमूना विद्यालय विकासका लागि भगवती दिनानाथ माबि छनौट

    मुलुकभरका नमूना विद्यालय विकासका लागि भगवती दिनानाथ माबि छनौट


    • बिहिवार, श्रावण १ २०७७

    • नेपाल वाइड


    मुलुकभरका नमूना विद्यालय विकासका लागि भगवती दिनानाथ माबि छनौट

                खोटाङको भगवती दिनानाथ माबि खोटाङबजार मुलुकभरका सय वटा नमूना विद्यालय विकासको सूचीमा परेको छ । नमुना विद्यालय विकासका लागि भगवती दिनानाथ माबि छनौटमा परेको हो ।

             असार ३१ गते बसेको मन्त्रीस्तरिय निर्णय अनुशार खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा रहेको भगवती दिनानाथ माबि मुलुकभरका सय वटा नमूना विद्यालय विकासका लागि छनौटमा परेको हो । नमूना विद्यालय विकास एबं सञ्चालन निर्देशिका २०७४ अनुशार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त विद्यालयलाई छनौटका लागि सिफारिस गरेको हो ।

             आर्थिक वर्ष २०७६/०७७ मा शिक्षा, विज्ञान तथा प्रविधि विकास केन्द्र विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा्रबाट विगतमा नमूना विकासका लागि विद्यालय छनौट नभएका स्थानीय तह अन्तर्गतका सय वटा विद्यालयलाई नमूना विकासका लागि छनौट गर्न गत असोज १६ गते सूचना प्रकाशन गरेको थियो । प्रकाशित सूचनाका आधारमा आवेदन दिएकामा आफ्नो विद्यालय नमूना विकासका लागि छानिएको भगवती दिनानाथ माबिका प्रअ कुमार पराजुलीले बताउनुभयो ।

              शिक्षा, विज्ञान तथा प्रविधि विकास केन्द विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले जारी गरेको सूचनाको १५ औं नम्बरमा भगवती दिनानाथ माबिको नाम उल्लेख छ ।

    २००६ साल जेठ १५ गते स्थापना गरिएको भगवती दिनानाथ माबिमा हाल साँढे सात सय विद्यार्थी अध्यायनरत छन् । हाल कक्षा १२ सम्म पठन–पाठन हुँदैआएको माबिमा यस वर्षदेखि प्राविधिकधारतर्फ वालीविज्ञान विषयको पठन–पाठनका लागि स्वीकृति प्राप्त भएको छ ।

    सम्बन्धित समाचार