बिहिवार, श्रावण १ २०७७
नेपाल वाइड
खोटाङको घुसप्रकरण सेलाउन नपाउदै फेरी सुनसरीमा घुस रकमसहित लेखा अधिकृत पक्राउ परेका छन । इटहरी उप–महानगरपालिकाका लेखा अधिकृत विकास पोखरेल घुस रकमसहित पक्राउ परेका हुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट खटिएको टोलीले ६५ हजार घुससहित लेखा अधिकृत पोखरेललाई पक्राउ गरेको हो । इटहरी –६ घर भएका लेखा अधिकृत पोखरेलले लामो समयदेखि सेवाग्राहीसँग कमिसन लिने चक्करमा फस्दै आएका थिए ।
सेवाग्राहीबाट कमिसन लिने गरेका सुचना पाएको अख्तियारले पोख्ररेलमाथि निगरानी बढाउदै आएको थियो । उनलाई इटहरी –६ बीपी चोकस्थित समिप होटलमा सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ ।
गत असार ३० गते जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय दिक्तेल खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठर ९ लाख ३४ हजार घुस रकमसहित अख्तियारले पक्राउ गरेको थियो ।
जिल्लाकै एक निर्माणाधिन सिँचाई परियोजनाको बिल भुक्तानीका लागि घुस मागिरहेको सूचना एबं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल काठ्माण्डौंबाट खटिएको टोलीले कार्यालय प्रमुख श्रेष्ठलाई मंगलबार नौ लाख ३४ हजार घुससहित नियन्त्रणमा लिएको थियो ।