Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    संक्रमित खोटाङका उपचारपछि सबै जना डिस्चार्ज

    खोटाङ जिल्ला कोरोना संक्रमणमुक्त

    खोटाङ जिल्ला कोरोना संक्रमणमुक्त


    • शुक्रवार, श्रावण २ २०७७

    • नेपाल वाइड


    खोटाङ जिल्ला कोरोना संक्रमणमुक्त

    जिल्ला अस्पताल खोटाङको आईसोलेसनमा उपचारपछि निको भएका व्यक्तिलाई विदाई गर्नुहुदै अस्पतालका कार्यालय प्रमुख रविन फुयाल ।

    खोटाङ जिल्ला कोरोना संक्रमणमुक्त जिल्ला बनेको छ । कोभिड–१९ बाट संक्रमित खोटाङका ११ जना उपचारपछि डिस्चार्ज भएुसँगै खोटाङ जिल्ला कोरोनामुक्त बनेको हो । कोरोना भाईरस संक्रमित ११ जनामध्ये सबै संक्रमित उपचारपछि घर फर्किएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । यसअघि ९ जना संक्रमित उपचारपछि घर फर्किएकामा बाँकी दुई जना पनि कोरोना जितेर फर्किएका हुन् ।

            दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छ जना, हलेसी तुवाचुङ नगरपालिकाका चार जना र ऐसेलुखर्क गाउँपालिकाका एक जना संक्रमित उपचारपछि फरक–फरक समयमा घर फर्किएका हुन् ।

           हालसम्म उपचारमा रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई संक्रमित पनि शुक्रबार डिस्चार्ज भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । खोटाङमा ६५५ जनाको पिसिआर परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण भएको पूष्टी भएको थियो ।

          प्रशासनका अनुशार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २५४, हलेसी तुवाचुङ नगरपालिकाका १९० जना, ऐसेलुखर्क गाउँपालिकाका ५० जना, खोटेहाङ गाउँपालिकाका ४९ जना, जन्तेढुंगा गाउँपालिकाका ३४ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ३२ जना, साकेला गाउँपालिकाका २४ जना, रावाबेँसी गाउँपालिकाका १२ जना, बराहपोखरी गाउँपालिकाका ७ जना र केपीलासगढी गाउँपालिकाका ३ जनाको पिसिआर परिक्षण गरिएको छ ।

               जिल्लामा हालसम्म एक हजार ६०८ जनाको आरडिटि टेष्ट गर्दा ३० जनाको पोजिटिभ रिपोर्ट देखिएको प्रशासनले जनाएको छ ।

    सम्बन्धित समाचार