Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    बैंकको ऋण पुससम्म तिर्न सकिने

    मौद्रिक नीति सार्वजनिक

    मौद्रिक नीति सार्वजनिक


    • शुक्रवार, श्रावण २ २०७७

    • नेपाल वाइड


    मौद्रिक नीति सार्वजनिक

              नेपाल राष्ट्रका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ऋण पुससम्म तिर्न सकिने बताएका छन् । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकहरुले कृषि क्षेत्रको लागि ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरेको उल्लेख गरे । 

             त्यस्दै मौद्रिक नीतिमा ऊर्जा क्षेत्रमा लगानी गरेका बैंकले ऊर्जा ऋणपत्र जारी गर्न सकिने व्यवस्था गरिएको गभर्नर अधिकारीले बताए । त्यस्तै मर्जरमा जाने बैंकलाई सुविधा दिइने मौद्रिक नीतिमा व्यवस्था गरिएको छ ।

             राष्ट्र बैंकले यस अघि ६५ प्रतिशत सीमा रहेको धितो कर्जालाई ७० प्रतिशत पुर्‍याइएको पनि गभर्नर अधिकारीले बताए । अधिकारीले बैकिंङ क्षेत्रमा पर्याप्त तरलता रहेको बताउँदै केन्द्रीय बैंकले चालू आर्थिक वर्षको वित्तीय स्थायित्व कायम गर्ने उद्देश्यले मौद्रिक नीति ल्याएको बताउँदै ११ करोड ८१ लख अमेरिकी डलर विदेशी ऋण भएको बताए । उनले विदेशी विनिमय सञ्चिति ७ महिनाको लागि पुग्ने बताए । उनले संस्थागत कर्जा १८ प्रतिशत र व्यक्तिगत कर्जा विस्तार २० प्रतिशत गरिने पनि बताए ।

    सम्बन्धित समाचार