Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    गाउँपालिका अध्यक्षमाथि कार्यालयमै छुरा प्रहार

    गाउँपालिका अध्यक्षमाथि कार्यालयमै छुरा प्रहार


    • शुक्रवार, श्रावण २ २०७७

    • नेपाल वाइड


    गाउँपालिका अध्यक्षमाथि कार्यालयमै छुरा प्रहार

           मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि छुरा प्रहार भएको छ। शुक्रबार कार्यालयमै पटके कर ठेक्का लिएका  स्थानीय  भवन मल्ल ठकुरीले खुकुरी प्रहार गरेका हुन् ।

        गम्भीर घाइते कार्कीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएको छ । कार्कीको गर्धन र हातमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्न ठकुरीलाई पक्राउ गरिएको जनाएको छ ।

          प्रवक्ता डीएसपी मानबहादुर राईले कार्कीलाइ चिकित्सकको निगरानीमा उपचार सुरु गरिएको र घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।  मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले कार्कीलाई नोबेल अस्पतालमा उपचार शुरु गरिएको  जानकारी दिएका छन् ।

           आर्थिक वर्ष २०७६/०७७असार मसान्तसम्म गाउँपालिकाको  पटके करको ठेक्का लिएका ठकुरी साउन १ गतेदेखि गाउँपालिका आफैंले कर उठाउन थालेको झोंकमा पालिका कार्यालय पुगेर आक्रमण गरेको कोईरालाले बताए । कार्की मोरङ कांग्रेसका प्रवक्ता पनि हुन् । सचिव कार्कीले आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्ने मागसहित प्रहरी-प्रशासनको ध्यानाकर्षण गरिएको बताएका छन् ।

    सम्बन्धित समाचार