Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी धितुङका किसानद्धारा सामुहिक लिचि खेती शुरु

    हलेसी धितुङका किसानद्धारा सामुहिक लिचि खेती शुरु


    • शनिवार, श्रावण ३ २०७७

    • नेपाल वाइड


    हलेसी धितुङका किसानद्धारा सामुहिक लिचि खेती शुरु

    लिचीको बिरुवा अनुगमन गर्न धितुङ पुगेका पुर्वसभाषद पिके राई, जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ लगायत ।

                 खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका किसान सामुहिक लिचि खेती शुरु गरेका छन । १५ वर्षदेखि बाँझिएको जग्गामा किसानहरुले सामुहिक लिची खेती शुरु गरेका हुन । लिचीको पकेट क्षेत्रकारुपमा विकास गर्नका लागि स्थानीय बरबोटे बिज बृद्धि कृषक समुहमा आवद्ध किसानले लकडाउनको अवधिमा बयाखुखोला नजिकैको दुई सय रोपनी जग्गामा दुई हजार बोटभन्दा बढि लिचीको बिरुवा रोपेका हुन् ।

              ‘गाउँमै केही गर्नुपर्छ’ भन्ने सोचका साथ धितुङका स्थानीयले बाँझिएको जग्गामा पलाएको झाडी फँडानी गरेर खाल्डो खनेर लिचीको बिरुवा रोपेका हुन् । शहर बजारमा बसिरहेका युवा लकडाउनकाबेला गाउँमा आएपछि सामुहिकरुपमा बाँझो जग्गामा लिची लगाउने निर्णय गरिएको बरबोटे बिज बृद्धि कृषक समुहका अध्यक्ष राजेश राईले बताउनुभयो ।

            कृषक समुहमा आवद्ध २५ परिवार किसानमध्ये नौ घरका किसान सामुहिकरुपमा लिची खेतीमा लागेका हुन् । कृषि ज्ञान केन्द्र खोटाङले उपलव्ध गराएको आठ लाख अनुदानमा किसानको आठ लाख रकम थप गरेर धितुङमा लिची खेती विस्तार गर्न लागिएको हो ।

            लिचीले उत्पादन दिन थालेपछि तीन भाग लगाएर एक भाग जग्गाधनीलाई दिने शर्तमा जग्गा भाडामा लिइएको कृषक समुहले जनाएको छ ।  उत्पादनको तीन भागमध्ये एक भाग लगानीकर्तालाई र एक भाग मलजल गर्ने हेरालुलाई दिइने सहमती गरिएको कृषक समुहका अध्यक्ष राईले बताउनुभयो ।

        

    सम्बन्धित समाचार