Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    किसानलाई बाँदर धपाउने उपकरण

    किसानलाई बाँदर धपाउने उपकरण


    • आइतवार, श्रावण ४ २०७७

    • नेपाल वाइड


    किसानलाई बाँदर धपाउने उपकरण

                किसानलाई बाँदर धपाउने उपकरण प्रदान गर्नुहुदै सहकारीका सचिब गंगा विश्वकर्मा (दाँया)

           खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका किसानलाई बाँदर धपाउने उपकरण प्रदान गरिएको छ । बाँदरले अन्नबाली सखाप पारेर हैरान बनाइरहेका बेला स्थानीय सोल्मा कृषि सहकारीले युपिभिसी पाइपबाट निर्माण गरिएको बाँदर धपाउने उपकरण खरिद गरेर प्रदान गरेको हो ।

            राष्ट्रिय आविष्कार केन्द्रबाट प्रतिगोटा दुई हजार पाँच सयका दरले १० वटा उपकरण खरिद गरेर ल्याएर किसानलाई निशुल्क वितरण गरिएको सहकारीका सचिव गंगा बिश्वकर्माले बताउनुभयो । हर्कपुरको फेदीमा दुई उपकरणलाई प्रयोगमा ल्याइए पश्चात किसानलाई वितरण गरिएको जनाइएको छ । सुरक्षित पड्काउने उपकरण तरिका सिकाएर वडाका विभिन्न गाउँका किसानलाई बितरण गरिएको सचिव बिकले बताउनुभयो ।

             खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली बाँदरले सखाप बनाउँदा जिल्लाका किसान आजित छन् । बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा विभिन्न राष्ट्रिय निकुञ्जमा पु¥याउने भन्दै खुसीनगर उत्तरप्रदेशका पेसेवार शिकारी प्रयोग गरेर गत २०७५ साल फागुन ७ गतेदेखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छर्का, लुछिम लगायतका स्थानमा ‘बाँदर समाऔं’ अभियान सञ्चालन गरिएको थियो ।

             यद्यपी, निकुञ्जमा लैजान अगावै समातेर राखेको बाँदर राखेकै ठाउँमा मरेको बताइएपछि पशु अधिकारकर्मीले चासो देखाउँदा कानूनी प्रावधानले जटिलता आइपरेको थियो । बाँदर समात्दा पशु अधिकारकर्मीले आवाज उठाएका कारण बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिले बाँदरलाई खोरमा थुन्ने, परिवार नियोजन गर्नुपर्ने लगायतका आवाज उठाउँदै आएका छन् । खोटाङका अधिकांश ठाउँमा बाँदरको समस्या छ ।

    सम्बन्धित समाचार